स्वास्थ्य

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ७७५ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ७७५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ५१७, भक्तपुरमा ९४ र ललितपुरमा १६४ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो चौबीस घन्टामा देशभर ३ हजार १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २३ जनाको मृत्यु भएको छ ।

देशभर हालसम्म ३१ हजार ३५५ जना सक्रिय संक्रमित छन्। शनिबार १ हजार ९१६ जना संक्रमणमुक्त भएका छन् ।

गाउँ सहर संवाददाता