'अरु साथीहरू गल्ती स्वीकारेर फर्कनुहुन्छ भने आउनुस् माधव नेपाललाई पार्टीमा कुनै ठाउँ छैन’- ओली
- गाउँ सहर संवाददाता
- १६ श्रावण शनिबार, २०७८ | १४:३६:०० मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौं जिल्ला कमिटीको बैठकमा शनिबार ओलीले उक्त कुरा बताएका हुन् ।
माधव नेपालसहित फ्लोर क्रस गर्ने एमालेका सांसदहरूलाई पनि पार्टीमा ठाउँ नभएको उनको भनाइ थियो । 'माधव नेपालजस्ता आन्दोलनविरोधीहरूलाई पार्टीमा कुनै ठाउँ छैन,' ओलीले भने ।
आफ्नो पार्टीको प्रधानमन्त्रीले विश्वासको मत माग्दा नदिने तर दक्षिणपन्थी सरकारलाई विश्वासको मत दिन फ्लोर क्रस गर्नेलाई पार्टीमा ठाउँ नभएको उनको भनाइ थियो । ‘आफ्नो पार्टीका प्रधानमन्त्रीले विश्वासको मत माग्दा नदिने, दक्षिण पन्थीको सरकारलाई विश्वासको मत दिन फ्लोर क्रस गर्ने,' ओलीले भने, 'त्यस्ताका लागि ठाउँ छैन ।’
पार्टीको सरकारविरुद्ध कुठाराघात भएको तथा अभियानले गम्भीर रूपमा ब्रेक लागेको ओलीको भनाइ थियो । बाटो बिराएकाहरू पार्टीमा फर्कन सक्ने भए पनि समयले भने नपर्खने टिप्पणी गरे । 'जो आउँदैन, आउँदैन । समय कुर्दैन,’ ओलीले भने ।
आफू नेतृत्वको सरकार ढलेर विकास र समृद्धिको सपनामा कुठाराघात भएको दाबी गर्दै ओलीले त्यसो गर्न भूमिका खेल्ने, फ्लोर क्रस गर्ने सांसदहरूलाई ठाउँ नभएको ओलीले बताएका हुन् ।
'एमाले भित्रका गद्दारलाई लिएर सरकार ढालेको' ओलीले आरोप लगाए । उनले बाटो बिराएका नेताहरू गल्ती स्वीकारेर पार्टीमा फर्किए ठाउँ रहेको बताए। 'अरु साथीहरू गल्ती स्वीकारेर फर्कनुहुन्छ भने आउनुस्, यो पार्टी हामी सबै मिलेर बनाएका हौं गल्ती भइहाल्यो भने पनि त्यसलाई सच्याउला,' उनले भने ।
ओलीले अबको निर्वाचनमा बहुमत ल्याउने जिकिर समेत गरे ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस