नेप्से परिसूचक आज दाेहाेराे अंकले घट्याे, १० अर्ब ९० करोडकाे काराेबार
- गाउँ सहर संवाददाता
- १४ श्रावण बिहीबार, २०७८ | १५:२३:०० मा प्रकाशित
काठमाडौं । नेप्से परिसूचक आज दाेहाेराे अंकले घटेकाे छ । नेप्सेसँगै यस दिन कारोबार रकममा पनि गिरावट आएको छ ।
बिहीबार १५.११ अंकले घटेर ३०७९.८३ बिन्दुमा बन्द भएको छ ।
अघिल्लो कारोबार दिन १३ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २१७ कम्पनीको १ लाख ६ हजार ६८२ पटकको कारोबारमा १० अर्ब ९० करोड ५८ लाख ३० हजार रुपैयाँ बराबरको २ करोड ६० लाख ४० हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
रिडी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यसैगरि जीवन विकास लघुवित्त, सप्तकोशी डेभलपमेन्ट बैंक, युनाइटेड इदिमर्दी एण्ड हाइड्रोपावर, चन्द्रागिरी हिल्स, ग्रीन डेभलपमेन्ट बैंक र लुम्बिनी विकास बैंकको मूल्य पनि ४ प्रतिशतभन्दा बढीले बढेको छ ।
आजको कारोबारमा गुडविल फाइनान्स कम्पनीको मूल्य सबैभन्दा धेरै घटेकाे छ । त्यसैगरि माउन्टेन हाइड्रोपावर नेपाल, जानकी फाइनान्सलगायत कम्पनीहरूकाे मूल्य घटेकाे ।
कारोबार रकमका आधारमा यस दिन गुडविल फाइनान्स शीर्ष स्थानमा रहेको छ । सो फाइनान्सको यस दिन ३३ करोड भन्दा बढीको शेयर कारोबार भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चितवनको विजयी सुरुवात, विराटनगरको हार
- नेप्से सूचक झिनो अंकले उकालाे, कारोबार रकम साढे ५ अर्ब माथि
- मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
- भोटेकोशी बाढीबाट भएको क्षतिमा २० अर्ब ९० करोडको बीमा दाबी, भुक्तानी २३ करोड मात्रै
- एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम ८७ रनमै अलआउट
- कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
- आजदेखि एनपीएलको महासंग्राम, उद्घाटनमै लुम्बिनी र सुदूरपश्चिमको भिडन्त
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
प्रतिकृया दिनुहोस