छानबिन समितिले सभापति देउवालाई बुझायाे आठ लाख ५२ हजार ७११ जनासहितकाे प्रतिवेदन
- गाउँ सहर संवाददाता
- १२ श्रावण मंगलबार, २०७८ | १३:२०:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले प्रतिवेदन बुझाएको छ । मंगलबार पार्टी सभापति शेरबहादुर देउवालाई समितिले क्रियाशील सदस्यताको प्रतिवेदन बुझाएको हो ।
समितिका अनुसार कांग्रेसमा क्रियाशील सदस्यको संख्या ८ लाख ५२ हजार ७११ पुगेको छ । रमेश लेखक संयोजक रहेको सात सदस्यीय समितिले करीब डेढ महिना लगाएर सदस्यताको काम सम्पन्न गरेका हो ।
८ लाख ५२ हजार क्रियाशील सदस्यताको विवरणसहितको प्रतिवेदन बुझाएपछि कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका नेता लेखकले भने, ‘हामीले ७७ वटै जिल्लाको क्रियाशील सदस्यता नवीकरण र नयाँतर्फ ७५ जिल्लामा प्रवेश गरेर बुझाएका छौँ।’
समिति संयोजक लेखकले बारा र सप्तरीको क्रियाशील सदस्यता नवीकरण भएको तर नयाँ वितरण गरिएका क्रियाशील सदस्यता भने टुंगोमा पुग्न नसकेको जानकारी दिए ।
उनले भने, ‘बारा र सप्तरीमा नवीकरणको बारेमा टुंगो लगाएका छौँ। नयाँ क्रियाशीलको कागजात ढिलो प्राप्त भएकाले त्यो विषयमा प्रवेश गर्न सकेनौँ । धनुषा ४ नम्बर क्षेत्र र सर्लाही–२ मा टुंगोमा पुग्न नसकेकाले केन्द्रीय नेतृत्वलाई नै टुंगोमा पुग्न अनुरोध गरेका छौँ ।’
समितिले तयार गरेको प्रतिवेदनमा कांग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङले फरक मत पेश गरेका छन् । तर विवाद भएका स्थानमा १३ औँ महाधिवेशनको क्रियाशील सदस्यताका आधारमा महाधिवेशन गर्ने निर्णय समितिले गरेको छ । नेता लेखकले भने, ‘प्रतिवेदन केन्द्रीय नेतृत्वसमक्ष प्रस्तुत गरेका छौँ । केही ठाउँ, केही निर्वाचन क्षेत्र र वडामा विवाद थियो । विवाद भएका स्थानमा नवीकरणतर्फ कै क्रियाशील सदस्यताले अधिवेशन गर्ने हामीले निर्णय गरेका छौँ । समितिमा सहमतिमै निर्णय भएको छ ।’
नेता लेखकले १३ औं महाधिवेशनमा ३३ वटा निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यता टुंगोमा पुग्न नसकेको अवस्थामा अहिले भने केही स्थानमा मात्रै विवाद समाधान नभएको लेखकले जानकारी दिए ।
प्रदेशअनुसार यस्ताे छ तथ्याँक?
प्रदेश नम्बर १ मा एक लाख ७४ हजार सात सय ८२ जना क्रियाशील छन् ।
प्रदेश नम्बर २ मा एक लाख १२ हजार ९ सय ४६,
बागमती प्रदेशमा एक लाख ८६ हजार एक सय ४३,
गण्डकी प्रदेशमा एक लाख १८ हजार ६ सय ३३ जना,
लुम्बिनी प्रदेशमा एक लाख ३० हजार ८ सय ८५,
कर्णाली प्रदेशमा ५४ हजार ५ सय ६६ र
सुदुरपश्चिम प्रदेशमा ७४ हजार ७ सय ५६ जना क्रियाशील छन्।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ३४ अंकले बढेकाे नेप्से परिसूचकमा यी कम्पनीले कमाए
- यस्ता छन् सङ्घीय संसद्को दुवै सदनको बैठककाे कार्यसूची ?
- घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न गगन थापाकाे माग
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
प्रतिकृया दिनुहोस