‘सरकार र व्यक्ति परिवर्तनले मात्र देश र जनताको गम्भीर समस्या समाधान हुँदैन’ : सुब्बा
- गाउँ सहर संवाददाता
- ११ श्रावण सोमबार, २०७८ | १६:०१:०० मा प्रकाशित

सुनसरी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरीष्ठ नेता, पूर्वमन्त्री रामकुमार सुब्बाले सरकार र व्यक्ति परिवर्तनले मात्र देश र जनताको गम्भीर समस्या समाधान नहुने बताएका छन् ।
नेपाल–भारत सीमावर्ती क्षेत्रस्थित राप्रपाको हरिनगरा गाउँपालिकास्तरीय अधिवेशनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेता सुब्बाले यस्तो धारणा व्यक्त गरेका हुन् ।
‘सरकार र व्यक्ति परिवर्तनले मात्र देश र जनताको गम्भीर समस्या समाधान हुँदैन,’ उनले भने । ‘जनताले विकल्प खोजेका छन् । यसै सन्दर्भमा राष्ट्रिय प्रजातन्त्र पार्टी जिम्मेवार भएर, सुझबुझ पूर्ण रुपमा जनतामाझ जाने हो भने, राप्रपा त्यो विकल्प हुन सक्दछ ।’
सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली जनता नै राष्ट्रियताको प्रथम रक्षक भएको बताएका छन् ।
‘नेपाली भूभाग, साँध सिमाना रक्षा गर्ने देखि नागरिकता दुरुपयोगमा रोक लगाउने सम्मका राष्ट्रिय स्वार्थ जगेर्नामा सीमावर्ती क्षेत्रका जनताको ठूलो योगदान छ । राष्ट्रिय स्वार्थका लागि तिनको रगत पसिना बगेको छ,’ राप्रपाका नेता सुब्बाले भने ।
नेपालीले नागरिकता नपाउने, सीमा पारका मानिसले श्रेष्ता मिलाएर नागरिकता लिने क्रम जारी रहेको भन्दै पूर्वमन्त्री सुब्बाले चिन्ता व्यक्त गरे । सरकारले यस किसिमको दुरुपयोग तत्काल नियन्त्रण गर्नु पर्नेमा उनको जोड थियो ।
राप्रपाको भेलाले रमानन्द मेहतालाई सर्वसम्मत रुपमा गाउँपालिका कार्य समितिको अध्यक्ष चयन गरेको छ । कार्यक्रममा केन्द्रिय सदस्यहरु हसबुल मिया, ईनु अधिकारी र योगमाया तिम्सिना, सुनसरी जिल्ला अध्यक्ष दुर्गाबहादुर बस्नेत, जिल्लाको संगठन विभाग प्रमुख नविन थापा लगायतको उपस्थिति थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस