पूर्वमन्त्री रामकुमार सुब्बाले भने - विचार, सिद्धान्त र निष्ठालाई सर्वोपरी मानी अघि बढे पार्टीले गति लिने
- गाउँ सहर संवाददाता
- ३० श्रावण शनिबार, २०७८ | १६:२९:०० मा प्रकाशित

सुनसरी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता, पूर्वमन्त्री रामकुमार सुब्बाले विचार, सिद्धान्त र निष्ठालाई सर्वोपरी मानी अघि बढे पार्टीले गति लिने बताए ।
‘सबभन्दा माथि विचार, सिद्धान्त र निष्ठा हुन्छ । यही शाश्वत सत्यलाई आत्मसात गरी अघि बढे, राप्रपाले सही दिशा लिन्छ,’ राप्रपाका वरीष्ठ नेता सुब्बाले शनिबार भने ।
राजसंस्था र हिन्दुराज्यको विषयमा द्विविधि र मनमुटाव नराखी अगाडि बढ्न सबै नेता, कार्यकर्तालाई आह्वान गर्दै प्रमुख अथिति सुब्बाले भने, ‘जनता बलियो भए दरवार बलियो हुन्छ । यस मानेमा हामी सबैको नैतिक जिम्मेवारी छ ।’
उनले भने, ‘सत्यको विजय अवश्य हुन्छ, राजसंस्था र हिन्दुराज्यको एजेण्डा जनतामाझ स्थापित हुन्छ ।’
राप्रपाको कोशी गाउँपालिकाको अधिवेशनलाई सम्बोधन गर्दै पूर्वमन्त्री सुब्बाले विभिन्न धर्महरुको एकतामा हिन्दुराज्य अड्नु पर्ने बताए ।
सो अवसरमा श्यामनारायण मेहताको अध्यक्षतामा ३१ सदस्य गाउँपालिका कार्यसमिति गठन भयो ।
सुनसरी जिल्ला, क्षेत्र नं ४ अन्तरगतको कोशी गाउँपालिकाको अधिवेशनमा राप्रपाका केन्द्रीय सदस्यहरु हसबुल मिया, ईनु अधिकार र डम्बर कुमार घिमिरे उपस्थित थिए । यसैगरी प्रदेश नं १ का सचिव गणेशप्रसाद दुलाल, सुनसरी जिल्ला अध्यक्ष दुर्गाबहादरु बस्नेत, जिल्ला सदस्य तथा संगठन प्रमुख नदिन थापा, युवा संगठन प्रदेश नं १ संयोजक आकाश सुब्बा लगायतको पनि उपस्थित थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस