गाउँ सहर
मन्त्री शर्माका निर्णय : पर्यटन व्यवसायी र मजदुरलाई खोपका साथै एक करोडको राहत प्याकेज
- गाउँ सहर संवाददाता
- १० श्रावण आइतबार, २०७८ | १६:००:०० मा प्रकाशित
पोखरा । गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले आइतबार पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणका लागि मन्त्रालय पुगेका मन्त्री शर्मालाई मन्त्रायलका सचिव डा महेश्वर ढकाल, महाशाखा प्रमुख उमा गौतम कोइराला, इमनाथ कँडेल, गोकुल शर्मा पौडेल लगायत कर्मचारीहरुले स्वागत गरेका थिए ।
पदभार ग्रहणसँगै उनले दुइ वटा महत्वपूर्ण निर्णयहरु गरेका छन् । उनले कोभिड प्रभावित उद्योग एवं पर्यटन व्यवसाय र त्यहाँ कार्यरत मजदुरलाई खोप लगाउन सहजीकरण गर्ने निर्णय गरेका छन् । त्यस्तै, पर्यटन व्यवसायीका लागि एक करोडको राहत प्याकेज विनियोजन गर्ने निर्णय गरेका छन् ।
त्यसलगत्तै मन्त्री शर्माले मन्त्रालयका कर्मचारीहरुलाई उच्च मनोबलका साथ ढुक्क भएर काम गर्न निर्देशन दिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चीनतर्फका दुवै नाका बन्द
- भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकको पुनःस्थापनाका लागि सरकारद्वारा कार्यदल गठन
- विधानको गरिमा जोगाउन तदर्थ समितिको माग: मुद्रण महासङ्घभित्रको वैधानिक सङ्कट र निकासको बाटो
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
प्रतिकृया दिनुहोस