जिल्लाकै जनप्रतिनिधि र नेताहरुद्वारा अमरेश कुमारलाई कारबाही गर्न माग
- गाउँ सहर संवाददाता
- ८ श्रावण शुक्रबार, २०७८ | ०९:१३:०० मा प्रकाशित
काठमाडाैं । क्रियाशील सदस्यता वितरणमा असन्तुष्टि जनाउँदै प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा बुझाएका नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहलाई उनकै जिल्लाका जनप्रतिनिधि तथा नेताहरुले कारबाही गर्न माग गरेका छन् ।
क्रियाशील सदस्यता वितरणमा असन्तुष्टि जनाउँदै प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा बुझाएका सिंहलाई उनकै जिल्लाका जनप्रतिनिधि तथा नेताहरुले कारबाही गर्न माग पार्टी सभापति शेरबहादुर देउवा समक्ष माग गरेका हुन् ।
पार्टी विरोधी र पार्टी संगठनलाई कमजोर गर्ने कार्यमा संलग्न भएको भन्दै सिंहलाई पार्टी विधान बमोजिम कारबाही नभए आफूहरुले नै राजीनामा दिने उनीहरुले चेतावनी दिएका छन् ।
कांग्रेसबाट प्रदेशसभाका मन्त्री बनेका प्रदेश सांसदसहित १२ जनाले पार्टी सभापति देउवालाई ध्यानाकर्षण पत्र पठाउँदै कारबाहीको माग गरेका हुन् ।
सांसद सिंहको तानाशाही र अधिनायकवादी प्रवृत्तिबाट सर्लाही क्षेत्र नम्बर ४ का नेता/कार्यकर्ता आतंकित भइसकेको भन्दै उनीहरुले पार्टी सभापति ध्यानाकर्षण गराएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
प्रतिकृया दिनुहोस