शेयरबजारका कुरा : बिहीबार नेप्से परिसूचक तीन हजारमाथि, ११ अर्ब बढीको काराेबार
- गाउँ सहर संवाददाता
- ७ श्रावण बिहीबार, २०७८ | १५:४०:०० मा प्रकाशित
काठमाडाैं । बिहीबार नेप्से दोहोरो अंकले बढेकाे छ । साताकाे अन्तिम दिन नेप्से सूचक १८.७५ अंकले बढेर ३ हजार ४.३१ अकंमा बन्द भएको छ । यसदिन ११ अर्ब बढीको शेयर खरीद बिक्री भएको हो ।
नेप्सेका अनुसार यस दिन २ दुइ सय २२ वटा कम्पनीको ५ करोड ५९ लाख ६४ हजार ६२ कित्ता शेयर १ लाख १४ हजार ७७२ पटक खरिद बिक्री हुँदा कारोबार रकम ११ अर्ब ११ करोड ४१ लख रुपैयाँ पुगेको हो । जुन अघिल्लो कारोबार दिन मंगलबारको तुलनामा कारोबार रकम ३ अर्ब २२ करोड रुपैयाँले बढेको हो । मंगलबार २१९ कम्पनीको ३ करोड १६ लाख कित्ता शेयर ७ अर्ब ८९ करोडको शेयर कारोबार भएको थियो ।
यो दिन नगाडी ग्रुप पावर, सीइडीबी हाइड्रो डेभलपमेन्ट कम्पनी, पोखरा फाइनान्स र माउण्टेन हाइड्रो नेपाल कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ ।
हिमालयन पावर पार्टनर, बरुण हाइड्रोपावर र एरभेष्ट इन्सयारेन्सको संस्थापक शेयर मूल्य ३ प्रतिशतभन्दा धेरै घटेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
प्रतिकृया दिनुहोस