दृष्‍टिकोण

राजनीतिक घटनाबारे छाेटाे अवलोकन, प्रतिक्रिया दिनुहाेस् है...

  • पदम जाेशी
  • ६ श्रावण बुधबार, २०७८ | २०:३४:०० मा प्रकाशित

पछिल्लाे नेपाली राजनीतिक घटनाक्रम अवर्णनीय नै मान्नुपर्छ । याे यस अर्थमा कि यहाँ अनेक दृश्य देखिएका छन् त्याेपनि छाेटाे समयमा । यसैमा केन्द्रित रहेर केहि शब्द लेख्ने चेष्टा गरेँ ।

बुंदागत रूपमा यसरी बुझाैँ ।

१. प्रचण्डले अति विश्वास गरेर ओली सरकारमा रामबहादुर थापा 'बादल' नेतृत्वको पठाए । पौष ५ को प्रतिगामी कदमपछि बालुवाटार पुगेर राजीनामा दिएर आउँछु भन्ने बादल थप साथीसहित प्रतिगामी कित्तामा गए । र, अहिले के कस्तो छ प्रष्टै देखिएकाे छ । 

२. माधव नेपालले अति विश्वास गरेका भीम रावल र कार्यदल सदस्यसहित ओली कित्ताको पक्षपाती देखिए, फलस्वरुप राजीनामा कार्ड फाले अरु सदस्य तटस्थ बसे यो ठूलो राजनैतिक बेइमानी नै हो । 

३. यदि कार्यदल सदस्य १० जना नै तटस्थ बस्न लगाउन सकेको भए केही बलियो रहन्थ्यौँ जबकी राजनीतिक रुपमा प्रतिगामी नदेखिए पनि सारमा प्रतिगामी नै थियो । रावल कार्यदलको लागि यो निर्णय सजिलो के पनि थियो त्यो ओली कार्यदलका लागि केही महत्व पनि राख्दैनथ्यो वा सदनमा मतले ओलीलाई खासै अर्थ थिएन ।

४. तर उता कार्यदल सदस्य सदन आफैँ रोस्ट्रममा गएर आफैँ पटक पटक संविधानमाथि बलात्कार गरेर, अदालतले दुइ पटक दोषी प्रमाणित गरेको व्यक्तिकाे जय जय गान र स्तुती गर्दै थिए जबकी त्यो कुरा ईश्वर पोखरेल वा अरुले राख्न सक्दथे । 

५. रावल कार्यदलले माधव नेपाललाई अझ कमजाेर बनाएर समग्र संविधान र आफैँले उठाएको एजेन्डालाई कमजाेर पार्न क्रियाकलाप गर्दै थिए जसले फेरि पनि माधव नेपाललाई अडान नभएको भनि लगाउँदै आएका ट्यागलाई मदत पुर्‍याइरहेको थियो, कार्यदलको सुझबुझ निर्णय देखिएन । 

६. माधव नेपाललाई अन्तिमसम्म अनुपस्थित बसिदिनुस् भन्ने अनुनयविनय सुनेका भए फेरी उही बहुमत नपुग्दा फेरी उही संसद भङ्ग हुन्थ्यो कमरेड माधवलाई बसी खान दिँदैनथे र देउवाले चुनाव घोषणा गर्थे अहिलेको राजनीति पातालमा भासिन्थ्यो । 

७. महन्थ ठाकुर अन्तिमसम्म पनि प्रतिपक्षी बेन्चमा थिए । यद्यपी रोस्ट्रममा गएर समर्थन गरे तर उहाँहरुको आँखा, कान सोझै माधव नेपालतिर थिए उहाँ बाहिरिने बितिक्कै मत विपक्षमा जाने उतिक्कै प्रबल सम्भावना थियो । 

र, यसरी संविधान जोगाएकोमा यो कार्यदलले कसलाई के गर्ने हो ? कसलाई दण्ड कसलाई पुरस्कृत गर्ने हो ? त्यो पनि लेनिनवादी पार्टी सङ्गठनका निश्चित विधि, पद्धति छ्न, हुन्छ्न् ।

राजीनामा पत्रमा लगाएको आरोपले एकतर्फी रुपमा ओली कित्तालाई समर्थन गर्ने निर्णयमा रावलसहितको कार्यदलका सदस्यहरुले व्यवहार देखाए । यो उहाँहरुको गैरमार्क्सवादी, गैरविचार समुहवादी व्यवहार हाे, यसले एमालेभित्र उहाँहरुको भविष्य भनेको ढिलोचाँडो बादलहरु कै जस्तै हुने देखिन्छ ।

अन्त्यमा, हुन त संविधान सभाको एजेण्डा माेहन विक्रम सिँहले २०१० को दशकमा उठाए पनि मुलभूत रुपमा ०५२ देखि ६२ (माओवादी जनयुद्धको एजेण्डा), ०५८ असोज देखि ०६३ बैशाख (प्रतिगमन  देखि गणतन्त्रको एजेण्डा) र ०६४ (को मधेश आन्दोलन) सबै आन्दोलन र राजनीतिक उपलब्धि स्वरुप प्राप्त संविधानसभा मार्फत संविधान जोगाउने एक राजनीतिक व्यक्तित्वकाे रुपमा माधव नेपाललाई नेपाली राजनीतिक अध्येताहरुले बुझ्ने छ्न् जुन राजनीतिज्ञकाे लागि राजनीतिक लाइन नै पहिलो र महत्वपूर्ण हो अरु सहायक गौण हुन विस्तारै सङ्गिलदै जानेछ्न् ।

गाउँ सहर संवाददाता

बल्लू भाइ लेख्नुहुन्छ ६ श्रावण, २०७८ ९:३५ pm

एमालेभित्र उहाँहरुको भविष्य भनेको ढिलोचाँडो बादलहरु कै जस्तै हुने देखिन्छ ।

बलदेब धामी एन्टेना लेख्नुहुन्छ ६ श्रावण, २०७८ ९:३४ pm

कार्यदलको सुझबुझ निर्णय देखिएन ।

समर्पण दाहाल लेख्नुहुन्छ ६ श्रावण, २०७८ ९:३३ pm

तपाइँ लेखकलाइ सय नम्बर । जय नेपाल

मन्जिल पाण्डे लेख्नुहुन्छ ६ श्रावण, २०७८ ९:३२ pm

माधव नेपालले अति विश्वास गरेका भीम रावल र कार्यदल सदस्यसहित ओली कित्ताको पक्षपाती देखिए, फलस्वरुप राजीनामा कार्ड फाले अरु सदस्य तटस्थ बसे यो ठूलो राजनैतिक बेइमानी नै हो ।

नानी मैयाँ लेख्नुहुन्छ ६ श्रावण, २०७८ ९:३१ pm

समसामयीक टिप्पणी ।

Tau Prasad Gurung लेख्नुहुन्छ ६ श्रावण, २०७८ ९:३० pm

Good shot...

विपिन धिताल लेख्नुहुन्छ ६ श्रावण, २०७८ ९:३० pm

राजनीतिक लाइन नै पहिलो र महत्वपूर्ण हो अरु सहायक गौण हुन विस्तारै सङ्गिलदै जानेछ्न् ।

कमल पंगेनी लेख्नुहुन्छ ६ श्रावण, २०७८ ९:२९ pm

कम्युनिष्टले पढ्नैपर्ने लेख ।

Yubaraj Shrestha लेख्नुहुन्छ ६ श्रावण, २०७८ ९:२८ pm

Ekdamai satik bislesan.

तपाईँको मत