गाउँ सहर
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी श्रेष्ठ पक्राउ
- गाउँ सहर संवाददाता
- ५ श्रावण मंगलबार, २०७८ | १९:२२:०० मा प्रकाशित

काठमाडौँ । बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौँ महानगरपलिका-९ पुरानो बानेश्वर ठेगाना भएकी ४४ वर्षीया पवित्रा श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको २०७७ चैत १ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३ दिन कैद र १४ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेकी उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं पेप्सीकोलाबाट पक्राउ गरेको हो ।
उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी नबिल बैंकको चेक काटी दिई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी अदालतबाट उक्त फैसला भएको थियो ।
उनलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त व्यूरोले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस