राजनीति

महाधिवेशनकाे लागि कांग्रेसले ‘डिजिटल भोटिङ’ को अवधारणालाई अन्तिम रुप दिँदै

काठमाडाैँ । नेपाली कांग्रेसले ‘डिजिटल भोटिङ’ को अवधारणालाई अन्तिम रुप दिएकाे छ । पार्टीद्वारा विज्ञप्ति जारी गर्दै साे कुराकाे जानकारी उसले गराएकाे हाे ।

विज्ञप्ति

“डिजिटल भोटिङ” को प्रविधि सुनिश्चित । केन्द्रीय समितिले आवश्यक ठहर गर्दा सूचना, सञ्चार तथा प्रचार विभाग तयारी स्थितिमा ।

नेपाली कांग्रेस, केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागको तेस्रो पूर्ण बैठक विभागका प्रमुख एवं पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको सभापतित्वमा असार २४ र २५ गते भौतिक र भर्चुअल दुबै प्रक्रियाबाट सम्पन्न भए पश्चात् बैठकले तय गरेको ‘डिजिटल भोटिङ’ को अवधारणालाई अन्तिम रुप दिएर यो वक्तव्य जारि गरिएको छ । बैठकले पार्टीको १४ औं महाधिवेशनको वैचारिक प्रचार प्रारम्भ गर्ने लगायत अन्य निर्णय पनि गरेको छ ।

प्रविधि मैत्री अभियानको प्रगतिमा सन्तोष

१) विभागको प्रथम पूर्ण बैठकको निर्णय बमोजिम ‘प्रविधि मैत्री अभियान’ क्रममा पार्टीको वेबसाईटलाई आधुनिकीकरण र कृयाशिल सदस्यताको अभिलेखिकरण (डाटा इन्ट्री) प्रति बैठकले सन्तोष व्यक्त गर्यो । प्रविधि संयोजन उपसमितिका संयोजक इन्जिनियर दिपेश विष्ट लगायत उपसमिति सदस्यहरुको कार्यप्रति बैठकले सम्मान र बधाई ज्ञापन गर्यो ।

केन्द्र र ७ प्रदेशको ‘डिजिटल भोटिङ’ गर्न सकिने व्यवस्था

२) कोरोना महामारी न्यून भएर महाधिवेशन भौतिक रुपमै आयोजना गर्न सकिने आशाका बावजुद विभागले ‘डिजिटल भोटिङ’ को आफ्नै आन्तरिक प्रविधि विकास र सुनिश्चित गरेको छ । केन्द्रीय समितिले जरुरी ठहर गरेर निर्णय गरेका खण्डमा शुन्यबाट शुरु गर्नु नपर्ने गरि विकास गरिएको प्रविधि तत्काल आवश्यक नपर्दा भविष्यका लागि पार्टीसँग प्रविधिको सम्पत्ति र सक्षमता सुरक्षित हुने विश्वास विभागले लिएको छ । ७७ जिल्ला पार्टी कार्यालयमा उपस्थित भएर प्रदेश अधिवेशन र महाधिवेशनका प्रतिनिधिले मतदान गर्न सक्ने व्यवस्था गरिएको प्रविधि मार्फत १४ औं महाधिवेशनमै केन्द्र र ७ प्रदेशको निर्वाचन सम्बन्धि सबै प्रक्रिया सम्पन्न गर्न सकिने क्षमता भएको छ ।

३) ‘डिजिटल भोटिङ’ को नमूना प्रदर्शनीको आन्तरिक कार्य योजना समेत बैठकले तय गरेको छ भने जिल्ला तहसम्म प्रविधि प्रशिक्षण र सहजीकरणका लागि दक्ष इन्जिनियरहरुको नेटवर्क तयार गरिएको छ ।

४) प्रविधि मैत्री अभियान अन्तर्गतको थप प्रगति बारे पार्टी केन्द्रीय समितिमा प्रतिवेदन पठाउने र केन्द्रीय समितिको निर्देशन अनुरुप प्रविधिको अन्य व्यवस्थापकीय प्रबन्ध निश्चित गर्ने निर्णय बैठकले गरेको छ ।

१४ औं महाधिवेशन प्रचार प्रारम्भ गर्ने निर्णय

५) पार्टीको १४ औं महाधिवेशनको प्रचारलाई विगत भन्दा भिन्न र जीवन्त शैलीमा अघि बढाउने निर्णय बैठकले गरेको छ । त्यस क्रममा बिषय केन्द्रित प्रचारलाई गहन बनाउन केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानसँग आवश्यक समन्वय गर्ने निर्णय बैठकले गरेको छ ।

६) महाधिवेशनसँग सम्बन्धित प्रतिनिधि चयन प्रक्रिया, उम्मेदवारीका आधार लगायत विधानको व्यवस्थालाई सरलीकरण गर्दै सबै कृयाशिल सदस्यबीच पु¥याउन आवश्यक दृष्टिगत गरि केन्द्रीय निर्वाचन समितिसँग समन्वय गरेर सामग्री तयार गर्न संयोजनको जिम्मेवारी विभागका सचिव दिनेश थापा मगरलाई दिइएको छ ।

अघिल्ला बैठकको समीक्षा

७) सूचना, सञ्चार तथा प्रचार विभागको अघिल्लो दुई पूर्ण बैठकबाट समितिका सदस्यहरुलाई सुम्पिइएको जिम्मेवारी सम्पादनमा भएको प्रगति र कमजोरी समिक्षा गर्दै जिम्मेवारी पूरा गर्ने क्रममा रहेका उपसमितिहरु एवं साथीहरुलाई क्रियाशीलता बढाई आगामी बैठकमा प्रतिवेदन प्रस्तुत गर्न निर्देशन गर्ने र आफ्नो जिम्मेवारी पूरा गर्नु भएका साथीहरुलाई धन्यवाद ज्ञापन गर्ने निर्णय बैठकले गर्यो ।

कार्यसम्पादन उपसमितिहरु बारे

८) नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनसम्मका लागि प्राप्त अभिभारा बमोजिम विभागको कार्यसम्पादनलाई व्यवस्थित र संगठित बनाउंदै कार्य गर्न नेपाली कांग्रेसको विधान २०१७ को धारा ३७ उपधारा १ को (ज) बमोजिम विगतमा गठन गरिएका निम्न उपसमितिहरुलाई थप विस्तारित र व्यवस्थित गर्ने निर्णय बैठकले गरेको छ ।

क) छहारि संवाद उपसमिति

संयोजक : डा. सुरेश आचार्य

ख) वेबसाईट संयोजन उपसमिति

संयोजक : गोवर्धन राना मगर

ग) कोभिड सूचना र विश्लेषण उपसमिति

संयोजक : डा. अञ्जनीकुमार झा

घ) दैनिक सूचना उपसमिति

संयोजक : दिनेश थापा मगर

ङ) सामाजिक सञ्जाल समन्वय उपसमिति

संयोजक : ई. दिपेश बिष्ट

च) टेलिभिजन संयोजन उपसमिति

संयोजक : निर शाह

छ) रेडियो संयोजन उपसमिति

संयोजक : गोपाल झा

ज ) तथ्याङ्क ब्यवस्थापन र विश्लेषण उपसमिति

संयोजक : डा. सञ्जय महतो थारु

झ) ‘इभेन्ट म्यानेजमेन्ट’ उपसमिति

संयोजक : मिन भाम

ञ)महिला प्रचार नेटवर्क

संयोजक : अधिवक्ता अञ्जना अर्याल

ट) युवा प्रचार नेटवर्क

संयोजक : विकल राई

९) महाधिवेशनको प्रचार केन्द्रित ‘चिन्तन १४ महाधिवेशन’ संयोजन, व्यवस्थापन र प्रचार गर्न विभिन्न उपसमिति गठन गरि आन्तरिक कार्य शुरु गरिएको छ । यथा समयमा त्यसलाई सार्वजनिक गरिनेछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत