एमालेले सोघ्यो माधव नेपाल पक्षलाई २४ घण्टे स्पष्टीकरण,
- गाउँ सहर संवाददाता
- ४ श्रावण सोमबार, २०७८ | १४:११:०० मा प्रकाशित
काठमाडाैं । नेकपा (एमाले) को केन्द्रीय कमिटीको १० औं बैठकले १० बुँदे एकता प्रस्ताव पारित गर्दै पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउने निर्णय गरेको छ ।
सोमबार बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई मतदान गर्ने २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
बैठकमा पार्टी अध्यक्ष केपी ओलीले शेरबहादुर देउवाले विस्वासको मत लिने क्रममा देखिएका परिदृश्य र त्यसले पारेका प्रभावका बारेमा चर्चा गरेका थिए । ‘त्यसलाई बैठकले अग्रगमनमाथिको धक्काका रुपमा लिएको छ । पार्टीको निर्देशनविपरित फ्लोर क्रस गर्ने र मत दिने काम पार्टी अनुशासनहिन र गलत काम भएकोले २२ जना सांसदहरुलाई स्पष्टीकरण माग्ने निर्णय भएको छ’, बैठकपछि प्रवक्ता ज्ञवालीले जानकारी दिए । उनीहरुलाई सोधीएको स्पस्टीकरणको आधारमा कस्तो कारवाही गर्ने भन्ने निर्णय हुने एमालेले जनाएको छ ।
त्यस्तै बैठकमा ओलीसहितका नेताले माधव नेपाल एमालेमा नफर्कने निष्कर्ष निकालेको एक नेताले जानकारी दिए ।
‘हाम्रा प्रयासले माधव नेपाललाई फर्काउन नसकेको हो’, प्रवक्ता ज्ञवालीले पनि सो कुरालाई पुष्टि गरे, ‘हामीले १० बुँदे कार्यन्वयन गरौ भनेर हिजो बिहान पनि माधव नेपाललाई भेटेर भन्यौ तर उहाँले ठाडो जवाफ दिनुभयो । प्रस्तावमा सहमत छैन, काँग्रेसलाई मत दिने बचनबाट म पछि हट्दिन र अल्पमतमा रहेको कमिटिमा गएर निर्णय मान्दिन भन्नुभयो’, नेपालको भनाइ उदृत गर्दै ज्ञवालीले भने, ‘हामीले उहाँलाई जति प्रयास गर्दा पनि एमालेमा फर्काउन नसकेकै हो ।’
बैठक भोलि ३ बजे पुन बस्नेछ । त्यस्तै बैठकमा उपाध्यक्ष भीम रावलले सांसद पदबाट दिएको राजीनामाका बारेमा समेत चर्चा भएको थियो । ‘उहाँले राजीनामा गर्नुहुँदैन थियो । पार्टीभित्र समस्याहरु भएपनि भित्रै छलफल गरेर समाधान गर्न सकिन्थ्यो’, ज्ञवालीको भनाइ छ ।
ज्ञवालीले गत जेठ २३ गते अध्यक्ष केपी ओलीले गरेको पार्टी एकताको आह्वान र गत असार २७ गते कार्यदलले तयार पारेको १० बुँदे कार्यान्वयन सुरु गरेको दावी समेत गरे ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
प्रतिकृया दिनुहोस