कोरोनाबाट थप २३ जनाको मृत्यु, निको हुने प्रतिशत ९४.७
- गाउँ सहर संवाददाता
- ३ श्रावण आइतबार, २०७८ | १७:४५:०० मा प्रकाशित

काठमाडौँ । नेपालमा कोरोनाबाट अहिलेसम्म ९ हजार ५५० को मृत्यु भएको छ । कुल संक्रमित ६ लाख ६७ हजार १०९ र एन्टिजेन विधिबाट ४८ हजार ९४० पुगेका छन् भने निको हुने ६ लाख २२३ हजार ७४ छन् ।
पछिल्लो २४ घण्टामा मात्र २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ९ हजार ६२८ को परीक्षण हुँदा १ हजार ८०१ संक्रमित थपिएका छन् ।
अहिलेसम्म भएका परीक्षण र पहिचान भएका संक्रमितमध्ये ५६१ सघनमा र १६५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार निको हुनेको संख्या १ हजार ६६७ छ । जुन ९४.७ प्रतिशत हो ।
आजसम्म ३४ लाख ६९ हजार ६८५ जनाको पिसिआर परीक्षण भएको छ भने एन्टिजेन विधिबाट २ लाख ६२ हजार ८३१ को परीक्षण भएको छ । देशभरका क्वारेन्टाइनमा रहनेको संख्या ३४० र होम आइसोलेशनमा रहेको संख्या २२ हजार ८३४ छ भने संस्थागत आइसोलेशनमा रहेको संख्या २ हजार ६५१ छ । देशमा सक्रिय संक्रमितको संख्या २५ हजार ४८५ रहेको छ ।
अहिलेपनि २० देखि ६० वर्ष उमेर समूहमा संक्रमण उचो छ । गाउँमा संक्रमण बढेको मन्त्रालयले बताएको छ ।
अहिलेसम्म कोरोनाविरुद्धको दोस्रो मात्राको खोप प्राप्त गर्नेको संख्या ११ लाख २९ हजार ९०८ पुगेको मन्त्रालयले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
प्रतिकृया दिनुहोस