कोरोनाबाट थप २३ जनाको मृत्यु, निको हुने प्रतिशत ९४.७
- गाउँ सहर संवाददाता
- ३ श्रावण आइतबार, २०७८ | १७:४५:०० मा प्रकाशित
काठमाडौँ । नेपालमा कोरोनाबाट अहिलेसम्म ९ हजार ५५० को मृत्यु भएको छ । कुल संक्रमित ६ लाख ६७ हजार १०९ र एन्टिजेन विधिबाट ४८ हजार ९४० पुगेका छन् भने निको हुने ६ लाख २२३ हजार ७४ छन् ।
पछिल्लो २४ घण्टामा मात्र २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ९ हजार ६२८ को परीक्षण हुँदा १ हजार ८०१ संक्रमित थपिएका छन् ।
अहिलेसम्म भएका परीक्षण र पहिचान भएका संक्रमितमध्ये ५६१ सघनमा र १६५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार निको हुनेको संख्या १ हजार ६६७ छ । जुन ९४.७ प्रतिशत हो ।
आजसम्म ३४ लाख ६९ हजार ६८५ जनाको पिसिआर परीक्षण भएको छ भने एन्टिजेन विधिबाट २ लाख ६२ हजार ८३१ को परीक्षण भएको छ । देशभरका क्वारेन्टाइनमा रहनेको संख्या ३४० र होम आइसोलेशनमा रहेको संख्या २२ हजार ८३४ छ भने संस्थागत आइसोलेशनमा रहेको संख्या २ हजार ६५१ छ । देशमा सक्रिय संक्रमितको संख्या २५ हजार ४८५ रहेको छ ।
अहिलेपनि २० देखि ६० वर्ष उमेर समूहमा संक्रमण उचो छ । गाउँमा संक्रमण बढेको मन्त्रालयले बताएको छ ।
अहिलेसम्म कोरोनाविरुद्धको दोस्रो मात्राको खोप प्राप्त गर्नेको संख्या ११ लाख २९ हजार ९०८ पुगेको मन्त्रालयले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
प्रतिकृया दिनुहोस