प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता
- गाउँ सहर संवाददाता
- ३ श्रावण आइतबार, २०७८ | ११:५४:०० मा प्रकाशित
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदैछन्् । आज अपरान्ह ४ बजे बस्न बोलाइएको प्रतिनिधिसधा संसद अधिवेशनमा विश्वासको मत लिन लागेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।
प्रधानमन्त्री देउवाले लिन लागेको विश्वासको मतको प्रस्ताव कानुन तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभामुख अग्निप्रसाद सापकोटामार्फत संसद सचिवालयमा समेत दर्ता भइसकेको पनि उनले बताएका छन् ।
गत जेठ ८ गते विघटित प्रतिनिधिसभा असार २८ गतेको सर्वोच्च अदालतको फैसलाले पुर्नस्थापित गरेको थियो । असार २९ गते राष्ट्रपतिबाट पदभार तथा गोपनीयताको सपथ लिएको प्रधानमन्त्री देउवाले आज पहिलो पटक बस्न लागिएको प्रतिनिधिसभा संसदमा नै विश्वासको मत लिन लागिएको हाे ।
संसदमा हाल कायम रहेको २७१ सांसदमा विश्वासको मत लिन प्रधानमन्त्री देउवालाई कम्तीमा १३६ मतको आवश्यक पर्छ । कांग्रेसको ६१, माओवादीको ४९ गरी ११० सङ्ख्या पुग्छ । त्यस्तै उपेन्द्र यादव पक्षको जनता समाजवादी पार्टी (जसपा) नेपालसँग अहिले १२ सांसद छन् । थप पाँच सांसद महन्थ ठाकुर पक्षबाट आएको सो पक्षले दाबी गरेको छ । यस हिसावले उपेन्द्र पक्षसँग १७ सांसद पुगेका छन् । सो पक्ष पाँच दलीय गठबन्धनमा रहेकाले देउवासँग १२७ सांसद सहज उपलब्ध छन् ।
विश्वासको मत लिनका लागि प्रधानमन्त्री देउवालाई थप ९ सांसदको आवश्यकता पर्छ । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले सहयोग गर्ने अपेक्षा देउवालाई छ । नेपालसँग २३ सांसद रहेका छन् । प्रधानमन्त्री देउवाले पहिलो बैठकबाटै विश्वासको मत लिने तयारी गरेपछि नेता नेपाल पक्ष थप दवावमा परेको छ । विघटित कार्यदलका सदस्यहरु विश्वासको मत दिने नदिने विषयमा छलफल गर्न अहिले कोटेश्वर पुगेका छन् । एमाले संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ ।
सरकार विस्तार गर्नुअघि प्रधानमन्त्री देउवाले विश्वासको मत लिन कांग्रेसले सहज मानेको छ । सरकार विस्तार भएपछि मन्त्रीका आकांक्षी सांसदहरु रुष्ट हुनसक्ने अनुमान सो दलको छ । संविधानले बढीमा २५ जनामात्र मन्त्री बनाउन सक्ने बाध्यात्मक प्रावधान गरेकाले आकांक्षी धेरै भएपछि सबैलाई मन्त्रालयको जिम्मेवारी दिनसक्ने सुविधा प्रधानमन्त्रीलाई छैन । अहिले एमालेको नेपाल पक्षको सहयोग हुने प्रतिबद्धता रहेकै बेला विश्वासको मत लिन सके डेढ वर्षसम्म सरकारको आयु सुनिश्चित हुने बुझाइ काँग्रेसको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
- एनटी फाइबरको विशेष अफरप्रति ग्राहकको आकर्षण, जडानका लागि १९८ मा कल गर्न सकिने
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
प्रतिकृया दिनुहोस