प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आजदेखि शुरू, प्रधानमन्त्री देउवाकाे भविष्य यसै अधिवेशनमा थाहा हुने
- गाउँ सहर संवाददाता
- ३ श्रावण आइतबार, २०७८ | ०६:५४:०० मा प्रकाशित

काठमाडौं । सर्वाेच्च अदालतकाे परमादेश पछि संघीय संसद्का दुवै सदनको अधिवेशन आज सुरु हुँदैछ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न ४ बजेका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक अधिवेशन आह्वान गरेकी छन् । दोस्रो पटक सर्वोच्चबाट पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठकलाई राष्ट्रिय/अन्तर्राष्ट्रिय क्षेत्रबाट निकै चासोका साथ हेरिएको छ ।
यस अधिवेशनले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई निरन्तरता दिने वा नदिने भन्ने निर्णय गर्नेछ ।
केपी शर्मा ओली नेतृत्वको सरकारलाई अपदस्थ गरी देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएपछि नयाँ सरकार गठन भएको हो । देउवालाई नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल समूह र जनता समाजवादी पार्टीको समर्थन छ ।
एमालेको एकताका लागि दोस्रो तहका नेताहरु क्रियाशील रहेका बेला नेता नेपाल भने विपक्षी गठबन्धनसँग निरन्तर छलफलमा रहनुले देउवाले विश्वासको मत पाउने आँकलन गर्न थालिएको छ ।
संसदीय दलको बैठकमा के हुदैछ छलफल ?
संसद बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनका दलहरुले आज संसदीय दलको बैठक बोलाएका छन् । कांग्रेसले दिउँसो २ बजे संसदीय दलको बैठक बोलाएको छ ।
कांग्रेस संसदीय दलका नेता देउवा प्रधानमन्त्री बनेपछि पहिलो पटक संसदीय दलको बैठक बस्न लागेको हो । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको बिषयमा छलफल हुने सांसद डा. डिला संग्रौलाले बताइन् ।
त्यसअघि बिहान ११ बजे माओवादी केन्द्रको संसदीय दलको बैठक बस्नेछ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा कसरी प्रस्तुत हुने भन्ने बिषयमा छलफल हुने नेता देव गुरुङले जानकारी दिए । विपक्षी दल नेकपा एमालेको दलको बैठक भने शुक्रबार बसिसकेको छ ।
संसद सचिवालयको तयारी
संसद बैठक सञ्चालनका लागि स्वास्थ्य मापदण्डको पालनालगायतका व्यवस्थासहित सम्पूर्ण तयारी पूरा भएको संसद सचिवालयले जनाएकाे छ । तयारी स्वरुप पछिल्लो पटक संघीय सांसदसहित ८ सय एक जनामा कोरोना परीक्षण गरिएको छ ।
परीक्षण गरिएकामध्ये तीन जना कर्मचारीमा मात्रै कोरोना पोजेटिभ देखिएको हो । सभामुख, सांसदहरु, संसद सचिवालयका कर्मचारी, स्वकीय सचिवालय, मर्यादापालक, पत्रकारहरूको एन्टिजेन परीक्षण गरिएको हो। एन्टिजेन पोजेटिभ देखिएका तीन कर्मचारीलाई पिसिआर गर्न पठाइएको छ ।
सम्भावित कार्यसूची

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
प्रतिकृया दिनुहोस