राष्ट्रपति भण्डारीद्वारा सङ्कल्प पूजा
- गाउँ सहर संवाददाता
- १ श्रावण शुक्रबार, २०७८ | १४:५३:०० मा प्रकाशित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्कल्प पूजा गरेकी छन् । राष्ट्रपति कार्यालयमा बिहीबार राष्ट्रपति भण्डारीले सङ्कल्प पूजा गरेको राष्ट्रपतिका स्वकीय सचिव डा. भेषराज अधिकारीले जानकारी दिए ।
विशेष गरेर इन्द्रजात्राको दिन रथमा विराजमान गरी नगर परिक्रमा जात्रा मनाइने जीवित देव देवीहरु उमेर हदबन्दी भए पश्चात् परिवर्तन गर्ने प्रचलन रहिआएकोमा पछिल्लो समयमा जीवित देवता श्रीभैरव (रुजन शाक्य) तथा श्रीगणेश (संवेग शाक्य) समय परिस्थिति र उमेरको हदका कारण युवा अवस्थामा प्रवेश गरेकाले नियमानुसार उनीहरुलाई बिदाइ गरी श्रीगणेश (रोदिन शाक्य) तथा श्री भैरव (कर्सनव शाक्य) नयाँ नियुक्त गरी प्रतिस्थापन गरिएको हो ।
परापूर्वकालदेखि ऐतिहासिक, साँस्कृतिक पर्वको रुपमा मनाइँदै आएको इन्द्रजात्राको अवसरमा जीवित देव दवी गणेश, भैरव तथा कुमारी लाई रथमा विराजमान गराई नगर परिक्रमा गरि जात्रा मनाइने परम्परा रहिआएको छ ।
परम्परा अनुसार जीवित देव, देवताहरु श्रीकुमारी, श्रीभैरव तथा श्रीगणेश प्रतिस्थापन गर्दा राष्ट्रप्रमुखबाट देशमा कुनै विघ्न बाधा तथा सङ्कट नआउन भन्ने हेतुले संकल्प पूजा प्रचलन रहिआएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
प्रतिकृया दिनुहोस