नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै
- गाउँ सहर संवाददाता
- १ श्रावण शुक्रबार, २०७८ | ०९:१७:०० मा प्रकाशित

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् । आज बिहान ११ बजे तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा स्थायी कमिटी बैठक बोलाइएको हो ।
अध्यक्ष ओलीको निर्देशनमा महासचिव ईश्वर पोखरेलले स्थायी कमिटी बैठक बोलाएका हुन् । सरकारबाट बाहिरिएपछि पहिलो पटक एमालेको स्थायी कमिटी बैठक बस्न लागेको हो । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई पनि बोलाइएको छ ।
१० बुँदे सहमति अनुमोदन गर्न असार २८ गते बोलाइएको बैठक स्थगित भएको थियो । स्थायी कमिटी बैठकपछि तीन बजे नयाँ बानेश्वरस्थित लोत्से हलमा संसदीय दलको बैठक बोलाइएको छ। प्रतिनिधिसभा पुनःस्थापना भएर शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच अझ कटुता बढेको छ ।
अध्यक्ष ओली आफू हटाएर नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री बनाउने वरिष्ठ नेता नेपालले खेलेको भूमिका प्रति क्रुर छन् । उनले बालुवाटार छोडेर बालकोटस्थित आफ्नो निवास पुगेर नेपालसँग मिल्न नसकिने अभिव्यक्ति दिएका थिए । यता वरिष्ठ नेता नेपाल कांग्रेससहित गठबन्धनमा सक्रिय नै छन् ।
बिहीबारको सत्ताधारी गठबन्धनको बैठकमा आफू नगए पनि नेपालले डाक्टर विजय पौडेललाई पठाएर सहभागिता जनाएका छन् । बुधबार मात्रै नेपाल निवासमा प्रधानमन्त्री देउवाबीच सत्ता गठबन्धनलगायतका विषयमा छलफल भएको थियो ।
१० बुँदे सहमति भइसक्दा पनि ओली र नेपालबीच कटुता अझ बढ्दै गएपछि विभाजनलाई रोक्न दोस्रो तहका नेता पुनः सक्रिय भएका छन् । बिहीबार उनीहरूकोे अनौपचारिक बैठक बसेको थियो । यो बैठकले नै स्थायी कमिटी बैठक बोलाएर एकता जोगाउनु पर्ने दबाब दिएपछि शुक्रबारलाई स्थायी कमिटीको बैठक बोलाइएको हो ।
कार्यदलमा रहेका दुवै पक्षको आग्रहमा स्थायी कमिटीको बैठक बोलाइए तापनि माधव पक्षबाट भने बैठकमा जाने नजाने औपचारिक रूपमा जानकारी गराएका छैनन् । बैठकमा दुवै पक्षका नेता, नेकपा एकताका क्रममा थपिएका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापाका साथै रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघुजी पन्त समेतलाई बोलाइएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एएफसी महिला एसियन कप छनाेटकाे नजिक पुगरे चुक्याे नेपाल
- आज यी प्रदेशमा भारी वर्षाकाे पूर्वानुमान, सतर्कता अपनाउनु आग्रह
- नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोन कपको उपाधि
- वीपी राजमार्गमा थप ३० दिन राति गाडी चलाउन नपाइने
- समयमा काम नगर्ने यी ११ निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी
- याे साता शेयरबजार निरन्तर उकालाे, नेप्से परिसूचक २७ सय माथि
- मलेसियाविरूद्ध शानदार जितसँगै नेपाल फाइनल प्रवेश
- नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकी निर्णय, परियोजना सुचारु
- ५२ पदाधिकारीको नियुक्ति सदर, रिट बहुमतले खारेज
- एसियन कप छनोटः साम्बाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालकाे गाेलकाे वर्षा
प्रतिकृया दिनुहोस