नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै
- गाउँ सहर संवाददाता
- १ श्रावण शुक्रबार, २०७८ | ०९:१७:०० मा प्रकाशित
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् । आज बिहान ११ बजे तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा स्थायी कमिटी बैठक बोलाइएको हो ।
अध्यक्ष ओलीको निर्देशनमा महासचिव ईश्वर पोखरेलले स्थायी कमिटी बैठक बोलाएका हुन् । सरकारबाट बाहिरिएपछि पहिलो पटक एमालेको स्थायी कमिटी बैठक बस्न लागेको हो । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई पनि बोलाइएको छ ।
१० बुँदे सहमति अनुमोदन गर्न असार २८ गते बोलाइएको बैठक स्थगित भएको थियो । स्थायी कमिटी बैठकपछि तीन बजे नयाँ बानेश्वरस्थित लोत्से हलमा संसदीय दलको बैठक बोलाइएको छ। प्रतिनिधिसभा पुनःस्थापना भएर शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच अझ कटुता बढेको छ ।
अध्यक्ष ओली आफू हटाएर नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री बनाउने वरिष्ठ नेता नेपालले खेलेको भूमिका प्रति क्रुर छन् । उनले बालुवाटार छोडेर बालकोटस्थित आफ्नो निवास पुगेर नेपालसँग मिल्न नसकिने अभिव्यक्ति दिएका थिए । यता वरिष्ठ नेता नेपाल कांग्रेससहित गठबन्धनमा सक्रिय नै छन् ।
बिहीबारको सत्ताधारी गठबन्धनको बैठकमा आफू नगए पनि नेपालले डाक्टर विजय पौडेललाई पठाएर सहभागिता जनाएका छन् । बुधबार मात्रै नेपाल निवासमा प्रधानमन्त्री देउवाबीच सत्ता गठबन्धनलगायतका विषयमा छलफल भएको थियो ।
१० बुँदे सहमति भइसक्दा पनि ओली र नेपालबीच कटुता अझ बढ्दै गएपछि विभाजनलाई रोक्न दोस्रो तहका नेता पुनः सक्रिय भएका छन् । बिहीबार उनीहरूकोे अनौपचारिक बैठक बसेको थियो । यो बैठकले नै स्थायी कमिटी बैठक बोलाएर एकता जोगाउनु पर्ने दबाब दिएपछि शुक्रबारलाई स्थायी कमिटीको बैठक बोलाइएको हो ।
कार्यदलमा रहेका दुवै पक्षको आग्रहमा स्थायी कमिटीको बैठक बोलाइए तापनि माधव पक्षबाट भने बैठकमा जाने नजाने औपचारिक रूपमा जानकारी गराएका छैनन् । बैठकमा दुवै पक्षका नेता, नेकपा एकताका क्रममा थपिएका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापाका साथै रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघुजी पन्त समेतलाई बोलाइएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
प्रतिकृया दिनुहोस