ज्योति विकास बैंक र नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्सबीच सम्झाैता
- गाउँ सहर संवाददाता
- ३० असार बुधबार, २०७८ | १४:५०:०० मा प्रकाशित
काठमाडाैं । ज्योति विकास बैंक र नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाटा) बीच सहकार्यको लागि सम्झौता भएको छ ।
नाटाकाे वार्षिक साधारणसभाको अवसरमा सो संस्थामा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विभिन्न बैंकिङ्ग सेवा प्रदान गराउने सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो ।
सम्झौतापत्रमा ज्योति विकास बैंककातर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पारसराज कंडेल र नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्सका तर्फबाट अध्यक्ष अच्युत गुरागाईले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार बैंकले नाटामा आबद्ध व्यवसायीहरु तथा त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विशेष छुटमा प्रोफेसनल लोन, कर्जा सेवाहरु र सहज वित्तिय सेवाहरु प्रदान गर्नेछ ।
साथै ज्योति विकास बैंकले नाटा अन्तर्गतका व्यवसायीहरुलाई डिजिटल बैंकिंग सेवाहरु प्रदान गर्ने र सहजै सुचारु गरि व्यवसायमा लागू गर्न पनि सहयोग गर्नेछ । व्यवसायीहरुले डिजिटल भुक्तानीका सेवा आफ्नो व्यवसायमा भित्र्याई आफ्नो ग्राहकहरूलाई थप सुविधा उपलब्ध गराउन सक्नेछन् ।
यसकासाथै बैंकले आधुनिक बैंकिङ्ग, वित्तिय साक्षरता, उद्यमशीलता विकासकानिमित्त नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्ससँगको सहकार्यमा विभिन्न कार्यक्रमहरु संचालनमा ल्याउने भएको छ ।
ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटिएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
प्रतिकृया दिनुहोस