नेप्से दाेहाेराे अंकले बढेपनि कारोबार रकममा भने गिरावट
- गाउँ सहर संवाददाता
- २९ असार मंगलबार, २०७८ | १५:४०:०० मा प्रकाशित

काठमाडौं । मंगलबार नेप्से परिसूचक १६.३४ अंकले बढेर २८७१.०४ विन्दुमा पुगेको छ । प्रतिनिधि सभा पुनर्स्थापनासँग सोमबार घटेको नेप्से परिसूचक मंगलबार भने बढेको छ ।
नेप्से बढेपनि यस दिन कारोबार रकममा भने गिरावट आएको छ । सोमबार करिब १० अर्बको शेयर कारोबार भएको बजारमा यस दिन २२३ कम्पनीको ५३ हजार १३९ पटकको कारोबारमा ५ अर्ब ५४ करोड ६३ लाख रुपैयाँबराबरको १ करोड २३ लाख ४८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आज १६३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ४६ वटा कम्पनीको सेयर मूल्य ओरालो लागेको छ । त्यसैगरी १४ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
यो दिन सबैभन्दा बढी कमाउने शीर्ष कम्पनीमा सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स, मञ्जुश्री फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, आइसीएफसी फाइनान्स लगायतका छन् । त्यसैगरी सानिमा लार्ज क्याप फण्ड, सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, इन्फिनिटी लघुवित्त, ग्लोवल आइएमई समुन्नत स्किमको सेयर मूल्य घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन नेपाल बङ्गलादेश बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ४५ करोड ४७ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन नेपाल लाइफ इन्स्योरेन्सको २३ करोड ३५ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।
सोमबार सर्वोच्च अदालतले दिएको संसद पुनस्र्थापना र शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउने दिएको आदेशले अबका दिनमा देशको राजनीतिले कस्तो रुप लिन्छ भन्ने अन्योलका कारण लगानीकर्ताहरु सो अवस्थामा पुगेका हुन् । जसले गर्दा लगानीकर्ताहरु अहिले ‘पर्ख र हेर’ को अवस्थामा पुगेको जानकारहरु बताउँछन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस