किर्ते सवारी पास र उक्त सवारी पास बनाउने उपकरण सहित २ जना पक्राउ
- गाउँ सहर संवाददाता
- २८ असार सोमबार, २०७८ | १४:१४:०० मा प्रकाशित
बारा । किर्ते सवार पास र किर्ते सवारी पास बनाउने उपकरण सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कलैया उपमहानगरपालिका-४ स्थित दाईभाई फोटो स्टुडियो एण्ड जनरल स्टोरका संचालक कलैया उपमहानगरपालिका-३ बस्ने ३० वर्षीय गोपाल प्रसाद साह र ना.१ ज ७२८८ नम्बरको सुमो गाडीका धनी सोही उपमहानगरपालिका-१७ बस्ने २१ वर्षीय जयनारायण प्रसाद जैसवाल रहेका छन् ।
जितपुर सिमरा उपमहानगरपालिका-१ पथलैया चोकस्थित सडकमा सवारी साधनहरु चेकजाँच गर्ने क्रममा कलैयादेखि काठमाडौंतर्फ जाँदै गरेको उक्त गाडीको कागजातहरु जाँच गर्ने क्रममा जयनारायणसँग जिल्ला प्रशासन कार्यालय बाराको छाप र अधिकृतको दस्तखत समेत किर्ते गरी बनाइएको नक्कली सवारी पास सहित फेला पारी प्रहरीले पक्राउ गरेको थियो ।
थप अनुसन्धानको क्रममा उक्त किर्ते पास गोपाल प्रसादको फोटो स्टुडियोबाट बनाएको खुल्न आएपछि उक्त स्टुडियो तलासी गर्दा ३ थान नक्कली सवारी पास तथा उक्त पास बनाउन प्रयोग गरिएका २ थान प्रिन्टर, १ थान सिपियू र १ थान मनिटर सहित फेला पारी गोपाल प्रसादलाई पक्राउ गरेको हो ।
उनीहरू उपर लिखत सम्बन्धी कसूर (किर्ते मुद्दा)मा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस