पोखरामा निशान म्यागनाइटको ग्राण्ड डेलिभरी कार्यक्रम
- गाउँ सहर संवाददाता
- २७ असार आइतबार, २०७८ | २१:०९:०० मा प्रकाशित
पोखरा । बहुप्रतिक्षित नयाँ निशान म्यागनाइटनिशानको आधिकारिक बिक्रेता इलाइट मोटर्स प्रा.लि. उत्तमचोक पोखराले आइतबार ग्राण्ड डेलिभरी कार्यक्रम सम्पन्न गरेको छ । केही दिनदेखि बुकिङ भएका १५ वटा निशान म्याग्नाइट एकैदिन ग्राहकलाई हस्तान्तरण गरिएको निर्देशक शिव बरालले जानकारी दिए ।
‘निकै राम्रा विशेषतासहितको यो गाडी शुलभ मूल्यमा बजारमा आएकाले पोखरा, लेखनाथसहित समग्र कास्की र वरपरका जिल्लाबाट पोखरामा निशान म्यागनाइट खरिद गर्न ग्राहकहरु आउने गरेको बरालले बताए ।
निशान म्यागनाइटको शुरुवाती मूल्य ३० लाख रुपैयाँ रहेको छ । कम्पनीले ग्राहकको सुविधालाई मध्यनजर गर्दै ५० हजार रुपैयाँ छुटको व्यवस्था गरेको बरालले जानकारी दिए ।
समृद्ध अनुभव प्रदान गर्न निरन्तर अन्वेषणमा लागि पर्ने निशानको मान्यता अनुसार नै यो गाडीमा निशानका प्रख्यात क्रुज कन्ट्रोल र ३६० डिग्री भ्यू जस्ता अन्य प्रविधिहरुलाई समावेश गरिएको कम्पनीले जनाएको छ । म्यागनाइटका हरेक मोडलहरु नेपाली प्रयोगकर्ताको आकांक्षा पुरा गर्ने ध्येयका साथ निकै गहनताका साथ डिजाइन गरिएको बताइएको छ । पुष बटम स्टार्ट, प्रोजेटेड एलइडि हेडल्याम्प, लेदर सिट, १६ इन्चको डाइमण्ड कट एल्लोे ह्विल लगायतका विशेषतामा निशान म्याग्नेटमा उपलब्ध छन् ।
इलाइट मोटर्स प्रा.लि.का प्रवन्ध निर्देशक गोपाल बरालले ग्राहकहरुको आकांक्षा र उच्च प्रविधिको समायोजन भएको म्यागनाइटले अटो बजारमा गेम चेन्जरको भुमिका निर्वाह गर्न सफल भएको बताए । पोखरामा निशानको शोरुम व्यवस्थित सर्भिस सेन्टरसहित स्थापना गरिएको र बिक्री पछिको सेवालाई प्राथमिकतामा राखेर सेवा प्रदान गरिरहेको उनले बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
प्रतिकृया दिनुहोस