द्वन्द्व पीडित तथा अपाङ्ग समाज नेपाललाई लायन्स क्लब र हेल्प नेपालकाे सहयाेग
- गाउँ सहर संवाददाता
- २२ असार मंगलबार, २०७८ | २१:३४:०० मा प्रकाशित
.jpeg)
काठमाडाैं । लायन्स क्लब अफ काठमाडाैं बाैद्धले 'द्वन्द्व पीडित तथा अपाङ्ग समाज नेपाल' मा आश्रय लिइरहेका बालबालिकाहरूलाई खानेकुरा सहयाेग गरेकाे छ ।
लायन्स क्लब अफ काठमाडाैं बाैद्धकाे आयाेजना तथा नेपाल हेल्पकाे सहयाेगमा काठमाडाैंकाे साेलम्बुटार साँखुमा रहेकाे उक्त अपाङ्ग बाल/ बृद्ध सेवा गृहमा पुगेर 'फूड फर डे' (Food For A Day) अन्तर्गत उनीहरूलाई खाना खुवाएकाे हाे ।
लायन्स क्लब अफ इन्टरनेशनल ३२५ ए वान का फसट भाइस डिस्ट्रिक गभर्नर लायन कर्मा गुरुङ, एरिया इम्प्याक्ट चिफ भुवन पाेखरेल, रिजन चियरपर्सन विष्णु लामिछाने, जाेन चियरपर्सन भीष्म रायमाझी, लायन्स क्लब अफ काठमाडाैं बाैद्धका प्रेसिडेन्ट उद्वव सापकाेटा सेक्रेटरी शिवराज खड्का, क्लबका डाइरेक्टरहरू प्रमिला पाेखरेल, सर्वजीत शाह, कृष्णप्रसाद बस्ताकाेटी तथा हेल्प नेपालका निर्देशक मिलन ढकालले सामूहिक रूपमा खाना खुवाएका हुन् ।
संस्थामा ४५ जना आश्रय लिइरहेका छन् । जसमध्ये ३७ जना त मस्तिष्कघात भएका छन् भने पाँच बालबालिका विद्यालय जानसक्ने छन् । अन्यकाे सम्पूर्ण स्याहारसुसार, खुवाइ, पियाइ, दिशा-पिसाब हामीले नै गर्नुपर्छ । यी सबैका अभिभावक हुन्- युवराज थापा ।
थापाले विगत १७ सञ्चालन गर्दै आएकाे उक्त संस्थामा महिनामै तीन लाखभन्दा बढि खर्च हुन्छ । मस्तिष्क पक्षघात भएका धेरैजना भएकाले उनीहरूकाे नियमित स्वास्थ्य परीक्षण, उपचार, स्याहारमै धेरै खर्च लाग्ने थापाले बताए । औषधिमा मात्रै महिनामा ५० भन्दा बढि खर्च हुने गरेकाे उनले जनाए ।
.jpg)
स्थानीय सरकार वा केन्द्रिय सरकारकाे सिफारिसमा मात्र बच्चाहरू राख्ने गरिएकाे सुनाए ।
त्यसाे त थापा आफैँ वैशाखीकाे सहारामा कठीनकासाथ जीवनयापन गरिरहँदा पनि शारीरिक र मानसिक रूपमा अशक्तहरूकाे अभिभावककाे रूपमा छन् ।
सहयाेगी दाताकाे भरमा नै संस्था चलिरहेकाे उनले बताए ।
साे अवसरमा लायन्स क्लब अफ काठमाडाैं बाैद्ध प्रेसिडेन्ट उद्वव सापकाेटा र हेल्प नेपालका निर्देशक मिलन ढकाल थप खाद्यान्न सहयाेग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
प्रतिकृया दिनुहोस