विश्वमा काेराेनाबाट राहत पाउनकाे संख्या १६ कराेड ९१ लाख माथि
- गाउँ सहर संवाददाता
- २२ असार मंगलबार, २०७८ | ०३:२६:०० मा प्रकाशित

काठमाडाैँ । विश्वमा काेराेनाबाट राहत पाउनेकाे संख्या १६ कराेड ९१ लाख ४३ हजार २३३ पुगेकाे छ । यसले प्रत्यक्षरूपमा १८ कराेड ४८ लाख ५४ हजार ३३० गाजेकाे थियाे । भाइरसका कारण ३९ लाख ९७ हजार ७९१ जनाकाे मृत्यु भएकाे छ ।
वर्ल्डाेमिटर्स डट इन्फाेकाेराेनाभाइरसकाे ताजा अपडेटनुसार काेराेनाकाे सक्रिय संक्रमण १ कराेड १७ लाख १३ हजार ३०६ जनामा छ । जसमा १ कराेड १६ लाख ३५ हजार ४९७ जनाकाे अवस्था मध्यम छ भने बाँकी ७७ हजार ८०९ काे अवस्था चिन्ताजनक छ ।
काेराेनाका कारण रशिया, ब्राजिल र भारतमा पछिल्लाे २४ घण्टामा ज्यान गुमाउनेकाे संख्या क्रमशः ६५४, ६३७ र ५५० रहेकाे छ । जुन पछिल्ला दिनमा सबैभन्दा कम हाे ।
नेपालमा पछिल्लाे २४ घण्टामा काेराेनाबाट थप २३ जनाकाे ज्यान गएकाे छ । पछिल्लाे समय संक्रमण घटेकाे निष्कर्श निकाली लकडाउन खुला गरिएकाे छ । अहिलेसम्म देशमा काेराेनाका कारण ९ हजार २४८ जनाकाे मृत्यु भइसकेकाे छ ।
२४ घण्टे काेराेना वैश्विक अपडेटले काेराेनाबाट याे समाचार तयार पार्दासम्म ४ हजार ३६५ जनाले ज्यान गुमाइसकेका छन् । याे संख्या पछिल्ला दिनहरूमा कम हुँदै गएकाे तथ्यांक हाे ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एसियन कप छनोट: नेपाल र श्रीलंका खेल्दै
- सेयर बजारमा दोहोरो अंकले वृद्धि
- भुटानमाथि नेपालकाे शानदार जित
- राैनक श्रीवास्तवकाे शानदार ब्याटिङमा नेपालले भुटानलाई दियाे ३५९ रनकाे लक्ष्य
- अब पेट्रोल र डिजेलकाे मूल्य कति तिर्नपर्छ ?
- नागार्जुनका मेयर मोहन बस्नेतलाई ११ वर्ष जेल सजाय, २८ करोड भन्दा बढी जरिवाना
- नेप्से परिसूचक एक अंकले बढ्याे
- रुपन्देही-३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने
- मन्त्रिपरिषद् बैठकका १५ निर्णय
- कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यी हुन् एजेन्डा
प्रतिकृया दिनुहोस