विश्वमा काेराेनाबाट राहत पाउनकाे संख्या १६ कराेड ९१ लाख माथि
- गाउँ सहर संवाददाता
- २२ असार मंगलबार, २०७८ | ०३:२६:०० मा प्रकाशित
काठमाडाैँ । विश्वमा काेराेनाबाट राहत पाउनेकाे संख्या १६ कराेड ९१ लाख ४३ हजार २३३ पुगेकाे छ । यसले प्रत्यक्षरूपमा १८ कराेड ४८ लाख ५४ हजार ३३० गाजेकाे थियाे । भाइरसका कारण ३९ लाख ९७ हजार ७९१ जनाकाे मृत्यु भएकाे छ ।
वर्ल्डाेमिटर्स डट इन्फाेकाेराेनाभाइरसकाे ताजा अपडेटनुसार काेराेनाकाे सक्रिय संक्रमण १ कराेड १७ लाख १३ हजार ३०६ जनामा छ । जसमा १ कराेड १६ लाख ३५ हजार ४९७ जनाकाे अवस्था मध्यम छ भने बाँकी ७७ हजार ८०९ काे अवस्था चिन्ताजनक छ ।
काेराेनाका कारण रशिया, ब्राजिल र भारतमा पछिल्लाे २४ घण्टामा ज्यान गुमाउनेकाे संख्या क्रमशः ६५४, ६३७ र ५५० रहेकाे छ । जुन पछिल्ला दिनमा सबैभन्दा कम हाे ।
नेपालमा पछिल्लाे २४ घण्टामा काेराेनाबाट थप २३ जनाकाे ज्यान गएकाे छ । पछिल्लाे समय संक्रमण घटेकाे निष्कर्श निकाली लकडाउन खुला गरिएकाे छ । अहिलेसम्म देशमा काेराेनाका कारण ९ हजार २४८ जनाकाे मृत्यु भइसकेकाे छ ।
२४ घण्टे काेराेना वैश्विक अपडेटले काेराेनाबाट याे समाचार तयार पार्दासम्म ४ हजार ३६५ जनाले ज्यान गुमाइसकेका छन् । याे संख्या पछिल्ला दिनहरूमा कम हुँदै गएकाे तथ्यांक हाे ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- जन्मदिनमा छोराको १७ लाखको जीवन बीमा, एजेन्सी म्यानेजर धमालाको उदाहरणीय पहल
- शेयरबजार सामान्य अंकले बढ्याे, ३ अर्ब ७२ करोडको कारोबार
- दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म हुने
- कांग्रेस पूर्वप्रधानमन्त्री देउवाकाे भव्य स्वागत, पार्टी एकताका लागि गरे यस्ताे अपिल
- राष्ट्रिय क्रिकेट टिमको कप्तानीकाे जिम्मेवारी फेरि सन्दीप लामिछानेकाे काँधमा
- एनपीएल तेस्राे संस्करणः कात्तिक ९ देखि सुरु हुने
- चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
- जन्मकै आधारमा नागरिकता नदिने कार्यकारी आदेश ट्रम्पले फेरि जारी गरे
- कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक
- सरकारी नयाँ तलबमान, कसले कति पाउँछन् ?
प्रतिकृया दिनुहोस