रामेछापमा मनोपरामर्श तालिम
- गाउँ सहर संवाददाता
- १७ असार बिहीबार, २०७८ | ०८:२५:०० मा प्रकाशित
रामेछाप । रामेछाप नगरपालिकाले तीनदिने मनाेपरामर्श तालिम सम्पन्न गरेकाे छ । कोरोनाको प्रकोपले समुदायमा पारेको मनोसामाजिक असरलाई मध्यनजर गर्दै नगरपालिका भित्रका अगुवा महिला, महिला स्वास्थ्यकर्मी तथा महिला जनप्रतिनिधिहरुलाई मनाेपरामर्श तालिम दिइएकाे हाे ।
कार्यक्रमको उद्घाटन गर्दै रामेछाप नगरपालिकाका उपमेयर सृजना खड्काले कोरोनाको महामारीले समुदायमा मनोसामाजिक समस्यामा वृद्धि आएको र मानसिक स्बास्थ्यको क्षेत्रमा पनि कार्यक्रमहरु अगाडि बढाउनु अति जरुरी देखिएकाले अहिलेको असहज अबस्थामा पनि सामाजिक दुरी कायम गर्दै मनोपरामर्श तालिमको कार्यक्रम राख्नु परेको बताइन् ।
उनले मनोसामाजिक परामर्शका कार्यक्रमहरु आगामी दिनहरुमा नगरपालिकाका सबै वडाहरुमा संचालन गर्ने प्रतिबद्धता पनि जनाइन् । तालिमको सहजिकरण मनोविद् गोपाल ढकालले गरेका थिए ।
रामेछाप नगरपालिकाका कानुनी सल्लाहकार लोकहरि दाहालले घरेलु हिंसा, यौन दुर्व्यवहार, अपराधका कतिपय घटनाहरु मनोसामाजिक समस्या तथा मानसिक रोगका कारणले पनि हुने भएकाले मानसिक स्वास्थ्यमा ध्यान दिनुपर्ने बताए ।
कार्यक्रमको समापन गर्दै नगरपालिकाका प्रमुख प्रशासकीय अघिकृत रामचन्द्र लामगादेले अहिलेको अबस्थामा कार्यक्रम अति नै समय सान्दर्भिक भएको, रामेछाप नगरपालिकाभित्र पहिलो पटक यस्तो प्रकारको तालिमको आयोजना गरिएको र आगमी दिनमा यस्ता कार्यक्रमहरु निरन्तर रुपमा गर्नु आवश्यकता रहेकाे औँल्याए ।
कार्यक्रममा पचास जना भन्दा बढिको सहभागीता रहेको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
प्रतिकृया दिनुहोस