रामेछापमा मनोपरामर्श तालिम
- गाउँ सहर संवाददाता
- १७ असार बिहीबार, २०७८ | ०८:२५:०० मा प्रकाशित

रामेछाप । रामेछाप नगरपालिकाले तीनदिने मनाेपरामर्श तालिम सम्पन्न गरेकाे छ । कोरोनाको प्रकोपले समुदायमा पारेको मनोसामाजिक असरलाई मध्यनजर गर्दै नगरपालिका भित्रका अगुवा महिला, महिला स्वास्थ्यकर्मी तथा महिला जनप्रतिनिधिहरुलाई मनाेपरामर्श तालिम दिइएकाे हाे ।
कार्यक्रमको उद्घाटन गर्दै रामेछाप नगरपालिकाका उपमेयर सृजना खड्काले कोरोनाको महामारीले समुदायमा मनोसामाजिक समस्यामा वृद्धि आएको र मानसिक स्बास्थ्यको क्षेत्रमा पनि कार्यक्रमहरु अगाडि बढाउनु अति जरुरी देखिएकाले अहिलेको असहज अबस्थामा पनि सामाजिक दुरी कायम गर्दै मनोपरामर्श तालिमको कार्यक्रम राख्नु परेको बताइन् ।
उनले मनोसामाजिक परामर्शका कार्यक्रमहरु आगामी दिनहरुमा नगरपालिकाका सबै वडाहरुमा संचालन गर्ने प्रतिबद्धता पनि जनाइन् । तालिमको सहजिकरण मनोविद् गोपाल ढकालले गरेका थिए ।
रामेछाप नगरपालिकाका कानुनी सल्लाहकार लोकहरि दाहालले घरेलु हिंसा, यौन दुर्व्यवहार, अपराधका कतिपय घटनाहरु मनोसामाजिक समस्या तथा मानसिक रोगका कारणले पनि हुने भएकाले मानसिक स्वास्थ्यमा ध्यान दिनुपर्ने बताए ।
कार्यक्रमको समापन गर्दै नगरपालिकाका प्रमुख प्रशासकीय अघिकृत रामचन्द्र लामगादेले अहिलेको अबस्थामा कार्यक्रम अति नै समय सान्दर्भिक भएको, रामेछाप नगरपालिकाभित्र पहिलो पटक यस्तो प्रकारको तालिमको आयोजना गरिएको र आगमी दिनमा यस्ता कार्यक्रमहरु निरन्तर रुपमा गर्नु आवश्यकता रहेकाे औँल्याए ।
कार्यक्रममा पचास जना भन्दा बढिको सहभागीता रहेको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस