मनकामना स्मार्ट लघुवित्तकाे आईपीओ बिहीबारबाट
- गाउँ सहर संवाददाता
- १६ असार बुधबार, २०७८ | १५:१५:०० मा प्रकाशित

काठमाडौँ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले असार १७ गते बिहीबारदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले रू. ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ छिटोमा असार २१ गते र ढिलोमा असार ३१ गतेसम्म बिक्री खुलाको मिति तय गरेको हो ।
कुल कित्तामध्ये शून्य दशमलव ५ प्रतिशत दरको ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत दरको १९ हजार ४५० कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सार्वजनिक निष्कासनमा आउन लागेको हो ।
यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
हाल कम्पनीको चुक्तापूँजी रू. ८ करोड २२ लाख ५० हजार रहेको छ । संस्थापक तर्फ ६७ दशमलव ८९ प्रतिशत चुक्तापूँजी कायम रहेको कम्पनीले सर्वसाधारणमा ३२ दशमलव ११ प्रतिशत आईपीओ बिक्री गर्न लागेको हो । आईपीओ बिक्री पश्चात कम्पनीको चुक्तापूँजी रू. १२ करोड ११ लाख ५० हजार कायम हुनेछ ।
गत आर्थिक वर्ष ०७६/ ७७ सम्ममा रू. २ करोड ९६ लाख ७६ हजार खुद नाफा गरेको कम्पनीको प्रतिशेयर आम्दानी रू. ६ दशमलव ८५ र प्रतिशेयर नेटवर्थ रू. ११० दशमलव ८४ रहेको छ । वास्तविक प्रतिशेयर नेटवर्थका आधारमा कम्पनीको पहिलो शेयर कारोबारका लागि प्रतिकित्ता रू. ११० दशमलव ८४ देखि रू. ३३२ दशमलव ५२ सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
प्रतिकृया दिनुहोस