स्वास्थ्य

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४५८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ३०२, ललितपुरमा १०० र भक्तपुरमा ५६ जना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ६३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २० जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ३४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर ३५ हजार ३१० जना सक्रिय संक्रमित रहेका छन् ।

गाउँ सहर संवाददाता