सार्वजनिक सवारीसाधन र बजार खुले भनेर मापदण्ड नभूलाैँ, काेराेना सकिएकाे छैन
- गाउँ सहर संवाददाता
- १६ असार बुधबार, २०७८ | १२:०७:०० मा प्रकाशित

काठमाडौँ । लामो समयपछि सडकमा सार्वजनिक यातायातका साधन र पसलकवल दिननुसार खुलेका छन् । सबै क्रमशः खुलेपनि काेराेना सकिएकाे भने छैन । प्रभावकारी खाेपकाे आगमन नै भएकाे छैन । तसर्थ प्रत्येक सेकेण्डकाे सावधानी निरन्तर अपरिहार्य देखिएकाे छ ।
सार्वजनिक सवारीसाधनले यात्रु भने पर्याप्त पाउन सकेका छैनन् । मानिसहरू चढ्न डराएका छन् । ०७८ वैशाख १६ गतेदेखि ग्यारेजमा थन्किएका ठूला सवारीसाधन दुई महिनापछि मंगलबारदेखि सञ्चालन हुन थालेका हुन् ।
काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको निर्णय अनुसार काठमाडौँ उपत्यकाभित्र मात्र सञ्चालन हुने २५ सिट क्षमताभन्दा बढी क्षमताका सार्वजनिक सवारी साधन जोरबिजोर प्रणाली अनुसार मंगलबारदेखि सञ्चालन हुन थालेका हुन् ।
जोरबिजोर प्रणाली अनुसार एक दिन बिराएर सवारी साधन सञ्चालन गर्न अब पाउने भएका छन् । पसलकवल पनि त्यहि नै हाे । किराना र तरकारीकाे पसलभने विहानबाटै खुल्ने भएका छन् । यता सिट क्षमताको आधा संख्यामा यात्रु बोक्नुपर्ने र त्यही संख्या पनि पुग्न नसक्दा गाडी सञ्चालनका लागि आवश्यक इन्धन पुर्याउन पनि धौधौ भएको उनीहरुको गुनासो पनि गरेका छन् ।
२५ सिटभन्दा बढी क्षमताका सार्वजनिक यातायातका साधनलाई स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै र अनिवार्य रुपमा भौतिक दूरी कायम गर्दै चलाउन दिइए पनि त्यसभन्दा कम सिट क्षमताका सवारी साधनलाई अझै पनि सञ्चालनको अनुमति दिइएको छैन ।
यसैबीच काठमाडौँ जिल्ला प्रशासन कार्यालयले मंगलबारदेखि जोरबिजोर प्रणालीमा ठूला सार्वजनिक सवारी साधनलाई उपत्यकाका तीन जिल्लामा सञ्चालन गर्न पाउने निर्णय गरेपछि सवारी साधनहरु तुरुन्तै सडकमा गुड्न थालेका छन् ।
नखुल्दा एकप्रकारकाे तनाव भएपनि खुलेपछिकाे तनाव र जाेखिम उत्तिकै छ । दाेस्राे लहरले केहि चेत खुलेपनि पापी पेटले असावधानी बढाएकाे कुरालाई नजरअन्दाज गर्न मिल्दैन । बजार र सवारीसाधन खुले अब अरूपनि खुल्दै जान्छन् । संक्रमणकाे दर ह्वात्तै घटेकाे छैन । यसकारण पनि मापदण्डमा रहेर जिउनुकाे विकल्पनि छैन हामीसँग ।
नेपालमा निधेषाज्ञा लगायतका स्वास्थ्य सतर्कताका कारण कोभिड नियन्त्रण हुने अनुमान गरिएको भए पनि परीक्षण गरिएकाहरूमा दैनिक सङ्क्रमण दर भने लगभग २० प्रतिशतमा स्थिर रहेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कका अनुसार नेपालमा असार १ गतेयता १,५८,९६५ जनामा परीक्षण गरिएकोमा ३३,६१६ मा सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्याले सङ्क्रमण दर औसतमा २१ प्रतिशतभन्दा माथि रहेको देखाउँछ। सङ्क्रमण दर एन्टिजन परीक्षणमा १७.५ प्रतिशत र पीसीआर परीक्षणमा २३.५ प्रतिशत रहेको छ ।
यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि देशभरको औसत मात्रै हो २० प्रतिशत भनेकाे छ । कुनै स्थानमा ४० प्रतिशतसम्म छ, जोखिम कायमै रहेको अवस्थामा स्थान विशेषको निर्णय गरिनुपर्ने र देशैभर एकै खाले नियम प्रभावकारी नहुने उसले बताएकाे छ । यसले के स्पष्ट गर्छ भने जोखिम हटिसकेको छैन । हामी सचेत भएनौँ भने हाम्रोमा सङ्क्रमितहरूको सङ्ख्या फेरि बढ्न सक्छ । अवस्था पहिलेकाे भन्दा अकल्पनिय पनि हुनसक्छ ।
यसकारण काेभिड सकिएकाे छैन । भिडभाडबाट जाेगिनुनै पर्नेछ । हतार नगराैँ सावधानीका साथ मापदण्डमा रहेर यात्रा, किनमेल, शारीरिक व्यायाम, पेशा र अन्य गतिविध गराैँ । किनकी काेराेना जित्नकाे लागि लगाइएकाे खाेप हाल नेपालमा करिब ८.५ प्रतिशत जनसङ्ख्याले मात्रा प्राप्त गरेका छन् जुन आवश्यकता भन्दा निकै कम हाे ।
त्यसैले जाेगिने आफैँले हाे । आफू जाेगिए अरू सुरक्षित हुन सक्छन् भन्ने साेचिए र गरिएमात्र काेराेना जित्न सकिन्छ । नत्र यहाँ फलानाेले गरिदिन्छ, उसकाे काम हाे नी ! जस्ता कुरा कुरेर बस्ने हाे भने निषेधाज्ञा आज खुल्छ अनि भाेली पुनः सुरू हुन्छ । याे अवस्था नआउन दिनका लागि सबैकाे प्रयास अपरिहार्य छ ।
सटकाे टाँक खुला नपाराैँ, लगाएरै बसाैँ, काेराेना जताततै छ । थप जाेगिनुपर्ने अवस्था छ । सबै गतिविधि गराैँ तर मापदण्डमा रहेर, हेलचेक्राइँ गर्दै नगराैँ । किनकी कथाजस्ताे साँच्चै बाघ आएकाे दिन सहयाेग गर्न काेहि आउँदैन । त्याे देखिसकिएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस