ओलम्पिक डे को अवसरमा वक्तृत्वकला
- गाउँ सहर संवाददाता
- १४ असार सोमबार, २०७८ | ०८:३३:०० मा प्रकाशित

पोखरा । ‘राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद’ विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
यही असार १० देखि १२ गते सम्म सञ्चालन भएको प्रतियोगितामा तनहुँ महेश संस्कृत गुरुकुल विद्यालयमा कक्षा १० का छात्र दिग्विजय लामिछाने २ सय २४ प्रतिष्पर्धीलाई उछिन्दै प्रथम भएका हुन । उनले जित सँगै नगद १५ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
गण्डकी प्रदेश यूवा तथा खेलकूद मन्त्रालयको सहयोग, प्रदेश खेलकुद परिषद गण्डकी र जिल्ला खेलकुद विकास समिति कास्कीको संयूक्त आयोजना, नेपाल ओलम्पिक कमिटीको तत्वाधान, स्पोर्टस फर अल कमिसन गण्डकी र भूतपूर्व खेलाडी मञ्च नेपालको सहकार्यमा जुन २३ ‘ओलम्पिक डे’को अवसरमा आयोजित उक्त प्रतियोगितामा श्री हिमालय मावि पर्वत कक्षा १० की छात्रा दिपशिखा सुवेदी दोश्रो हुँदै नगद १० हजारका साथमा मेडल तथा प्रमाणपत्र हात पारेकी छन् ।
यसै गरी प्रतियोगितामा जनक माध्यमिक विद्यालय नवलपुर कक्षा ९ मा अध्ययनरत छात्र शुदर्सन ढकाल तेश्रो हुँदै नगद ७ हजार, श्री रत्नज्योति मावि कास्की कक्षा १० मा समीक्षा अधिकारी चौथो हुँदै नगद ५ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भएका छन् ।
प्रतियोगितामा गण्डकी वोर्डिङ कास्कीकी छात्रा आस्तिका बास्तोला, एसओएस हर्मन माइनर की छात्रा समीक्षा अधिकारी, श्रीसत्यवती मावी तनहुँका गौरव सापकोटा, नलवपुर आवाशिय माध्यमिक विद्यालयकी छात्रा गृष्मा पाठक, फिस्टेल एकेडेमी कास्कीकी प्राप्ती लम्साल र श्री भिमसेन आदर्श मावी नलवलपुरका छात्र विक्रम गिरी सान्त्वान हुँदै जनही नगद २ हजारका साथमा मेडल तथा प्राप्त गरेका छन् ।
भर्चुअल माध्यमबाट भएको प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवालले खेलकुद पदक जित्नका लागि मात्रै राष्ट्रिय गौरव बढाउनका लागि समेत खेलकुदको भूमिका महत्वपूर्ण रहने बताए । त्यसै गरी स्पोर्टस फर अल कमिसनका चेयर पर्सन विष्णु गोपाल श्रेष्ठले असल नागरिकको उत्पादन र समाजमा शान्तीको सन्देश प्रवाह गर्न खेलकुदको भूमिका महत्वपूर्ण रहने बताए । उनले यस प्रकारका कार्यक्रमले खेलकुदको जगलाई बलियो बनाउन समेत भूमिका रहने भन्दै प्रशंसा गरे ।
प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङको अध्यक्षतामा भएको समापन कार्यक्रममा नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालका अध्यक्ष हरिप्रसाद पराजुली, कार्यक्रमका संयोजक केशव पाठकले आफ्ना धारणा राखेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ३४ अंकले बढेकाे नेप्से परिसूचकमा यी कम्पनीले कमाए
- यस्ता छन् सङ्घीय संसद्को दुवै सदनको बैठककाे कार्यसूची ?
- घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न गगन थापाकाे माग
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
प्रतिकृया दिनुहोस