एमालेका राष्ट्रियसभा सदस्य बेदुराम भुसालद्वारा पार्टी परित्यागको घोषणा
- गाउँ सहर संवाददाता
- १३ असार आइतबार, २०७८ | २१:००:०० मा प्रकाशित

काठमाडाैं । नेकपा एमाले नेता तथा राष्ट्रियसभा सदस्य बेदुराम भुसालले एमाले परित्यागको घोषणा गरेका छन् । उनले आफू स्वतन्त्र राष्ट्रिय सदस्यको हैसियतमा रहन चाहेको भन्दै संसद सचिवालयलाई जानकारी नै गराएका छन् ।
आइतबार उनले संसद सचिवालयका महासचिवलाई लेखेको पत्रमा आफू तत्कालीन नेकपाबाट उम्मेदवार बनि राष्ट्रियसभा सदस्यमा निर्वाचित भएको सदस्य भएको र सर्वोच्चको फागुन २३ को फैसलापछि पार्टीको अस्तित्व समाप्त भएको अवस्थामा आफू स्वतन्त्र भूमिकामा रहन चाहेको उल्लेख गरिएको छ ।
‘सर्वोच्च अदालतको २०७७ फागुन २३ को फैसलाले उक्त पार्टीको अस्तित्व समाप्त गरिदिएपछि त्यस पार्टीबाट उम्मेदवार भइ निर्वाचित मसहितका जनप्रतिनिधिहरु दलविहीन अर्थात स्वतन्त्र हुनुपरेको सर्वविदितै छ’, उनले पत्रमा भनेका छन्, ‘तत्पश्चात म नेकपा एमाले वा माओवादी केन्द्र कसैको पनि संसदीय दलको सदस्य नबनी सभाको स्वतन्त्र सदस्यका रुपमा रहेको छु र आगामी दिनमा पनि सभाको स्वतन्त्र सदस्यका रुपमा नै रहन चाहन्छु ।’
उनले आफूलाई राष्ट्रियसभामा स्वतन्त्र सदस्यको रुपमा व्यवहार गर्न र सम्बन्धित सबैलाई यसको आवश्यक जानकारी एवम् निर्देशन दिन पनि अनुरोध गरेका छन् । उनले आफूले पाउने पारिश्रमिक र अन्य सेवा सुविधाबाट लेबी वा अन्य कुनै पनि दलको खातामा जम्मा नगरिदिन पनि संसदको लेखा शाखालाई जानकारी गराइदिन अनुरोध गरेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ऊर्जा, सिंचाइ, भौतिक पूर्वाधार र सहरी विकासका जीर्ण आयोजनाको ठेक्का तोडिने
- आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
प्रतिकृया दिनुहोस