शिक्षा
पढाई नि:शुल्क गर्न माग गर्दै त्रिविमा ‘एमफिल र पीएचडी’ का विद्यार्थीको प्रदर्शन (तस्बीरहरू)
- गाउँ सहर संवाददाता
- १३ असार आइतबार, २०७८ | १६:०३:०० मा प्रकाशित
.png)
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयमा एमफिल र विद्यावारिधी (पीएचडी) को पढाई निःशुल्क गर्न माग गर्दै विद्यार्थीहरुले उपकुलपतिको कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।
त्रिवि विद्यार्थी संघर्ष समितिले आइतबार कीर्तिपुरस्थित विश्वविद्यालय परिसरमा राज्यको लगानीमा उच्च शिक्षा सुनिश्चित हुनुपर्ने माग राख्दै उपकुलपति कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।
उनीहरुले एमफिल र पीएचडीको पढाईलाई वैज्ञानिक र नियमित बनाउनसमेत माग गरेका छन् । ग्राजुएट स्कुल अफ सोसल साइन्सको पनि माग राख्दै प्रदर्शन गरिएको विद्यार्थीहरुले जनाएका छन् ।
प्रदर्शनमा उत्रेका विद्यार्थीहरुले निजी शैक्षिक संस्थामा जाने अवस्था नबनाउन र विश्वविद्यालयलाई राजनीतिको अखडा नबनाउन माग गरेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस