वृक्षारोपण अर्थतन्त्रको आधारस्तम्भ
- डा. दिवाकर बशिष्ठ
- १३ असार आइतबार, २०७८ | १७:२८:०० मा प्रकाशित

नेपालको आर्थिक विकासमा वनसम्पदाको महत्वपुर्ण भूमिका हुुन्छ । सरकार, गैरसरकारी संघसंस्था, नीजि क्षेत्रलगायत सबैको चासो भैरहेको वनलाई कसरी जोगाउने र खालि ठाउँमा वृक्षारोपण गर्ने रहेता पनि यसको संरक्षण र सम्वर्द्धनमा उदासिनता बढ्दो छ । हालको समय वृक्षारोपणको उपयुक्त समय भएको हुँदा सबै समुुदाय, संघसंगठनहरुले सार्वजनिक खालिठाउँमा, हरेक राजमार्गको किनारामा वृक्षारोपण गर्न सकेको खण्डमा हरियो वन नेपालको धन भन्ने भनाई सार्थक बन्ने र देशमा हरियाली भई अर्थोपार्जनको मुख्य स्रोतको रुपमा वन विकास हुुने देखिन्छ ।
देशको आर्थिक, सामाजिक, पर्यटन एवं वातावरणीय क्षेत्रको विकासमा वनको उल्लेखनिय योगदान रहेको छ । देशको कुल भुभागको ४४.७४ प्रतिशत क्षेत्र वनले ढाकेको भएता पनि निरन्तरको वनफडानी, वनसंरक्षणको अभाव, भूक्षय, ढुुँगा गिटी र वालुुवाको उत्खनन आदि कारण वनको भाग क्रमश घट्दै गएको छ । एकातर्फ वृक्षारोपणको नाममा वर्षेनी करोडौँ खर्च भएको छ भने अर्कोतर्फ अवैध काठतस्करी र अन्य वन सम्बन्धी अवैध गतिविधि भूक्षय एवं बाढी पहिरोले वन विनासलाई प्रश्रय दिएको पाईन्छ । वन जैविक विविधताको ठुलो भण्डार हो भन्ने कुरालाई आत्मसाथ गर्न जरुरी छ । देशको वन सम्पदाको संरक्षण, विकास तथा व्यवस्थापन गर्ने उद्धेश्यले वन विभाग, वनरक्षकको व्यवस्थालगायत विभिन्न सरकारी तथा गैरसरकारी तवरमा वन संरक्षण तथा उपभोक्ता समिति र समुदायमा आधारित वन व्यवस्थापन कार्यक्रम लागु भएता पनि वनविकास तथा हरियालीलाई यथेस्ट ध्यान दिन सकेको देखिँदैन ।
वन एक नवीकरणीय प्राकृतिक स्रोत भएकोे हुुँदा यसको समुचित व्यवस्थापनका माध्यमबाट वस्तु र सेवा उपलव्ध गराउँदै वनलाई समृद्धिको आधार बनाउनको लागि राष्ट्रिय योजना आयोगले समेत १५ औं योजनामा समृद्धिको लागि वन कार्यक्रमलाई अगाडि बढाएको देखिन्छ । वनको उचित संरक्षणको अभावमा आज हरिया डाँडाँ नांगो बन्दै गएको छ एकातर्फ भने अर्कोतर्फ वन विनासको कारण भूक्षय र बाढी पहिरोले हजारौँ व्यक्ति घरवारविहीन भएका छन् । देशको आधा भाग वनले ढाकेको भनिएता पनि वनजन्य उधोग अर्थात काठदाउरा र फर्निचरमा आत्मनिर्भर हुुन नसक्दा उक्त वस्तुु समेत विदेशबाट आयात गर्नु परिरहेको छ । तसर्थ वृक्षारोपण वातावरणीय संतुलन कायम गर्न र देशको आर्थिक विकासमा समेत यसले टेवा पुर्याउने हुुँदा यो अर्थतन्त्रको आधारस्तम्भ हो भन्नुुमा अत्युक्ति नहोला ।
खाडी मुलुकमा हेरौं मरुभूमिलाई पनि हरियाली बनाईएको छ । कृत्रिम रुख समेत रोपी हरियाली कसरी बनाउने भन्नेमा सरकारको ध्यान केन्द्रित देखिन्छ । विदेशलाई हेरौं एक घर एक रुखको सिद्धान्त छ र कार्यान्वयन पनि राम्रो छ । छिमेकी मुलुक भारत कै नयां दिल्लीलाई आकाशबाट हेरौं वा भुइँबाट घर भन्दा रुख बढी देखिन्छ र मनमा प्रश्न उठ्छ यो त दिल्ली शहर त होइन कुुनै वन हो कि भन्ने भान हुुन्छ । विडम्वना हाम्रो देशको काठमाण्डौलगायत शहरलाई हेरौँ घर नै घर देखिन्छ । शहर पस्यो घर नै घर, तराई पस्यो उजाड मरुभूमि जस्तो खुुला चौर, पहाड गयो नांगाा डाँडाँ मात्र देखिने । त्यसो भने वन सम्पदाको विकासको लागि छुट्याएको बजेट कहां विनियोजन भयो त ? भनेर प्रश्न गर्ने बेला आएको छ ।
नेपालमा पनि एक घर एक रुखको नारा यथावत छ कार्यान्वयन शुन्य प्रायः छ । यदाकदा विभिन्न कार्यक्रम मनाउने नाममा वृक्षारोपण गरिएकै छ तर कुल वृक्षारोपणको २० प्रतिशत पनि बाेटविरुवा संरक्षित भएर हुर्केको पाईंदैन । रोडक्रस गर्दा होस, वृक्षारोपण भएको ठाउँमा बसेर गफिँदा होस बाेटविरुवाको माया कसैमा देखिँदैन । केहि निश्चित ठाउँलाई छोडर काठमाण्डौ तथा अन्य सहरहरुमा सडकमा लगाईएका विरुवाहरुको संरक्षण, मलजल कसले गर्ने भन्ने टुुंगो छैन । बाेटविरुवाको संरक्षणको अभावले त्यतिकै नष्ट भएर गएको प्रशस्त उदाहरणहरु पाईन्छ । विरुवा रोपेको भोलिपल्ट मलजल कसैले गर्नेवाला छैन । बाेटविरुवा र वनको संरक्षण र उचित व्यवस्थापनको अभावले हरियो वन नेपालको धन नारामा मात्र सीमित देखिन्छ ।
हालै प्रकाशित आर्थिक वर्ष २०७८।२०७९ को बजेटले समेत रु १४ अर्ब १३ करोड वन तथा वातावरण क्षेत्रलाई छुट्याएको देखिन्छ । चुरे तथा तराई मधेश क्षेत्रमा १ करोड ५० लाख वृक्षारोपण गरिने उल्लेख छ । तर देशका सवै खाली ठाउँमा विरुवा रोप्ने वारे स्पष्ट योजना र बजेट देखिँदैन । शहरी क्षेत्रका सडक किनारा र खुला क्षेत्रमा फलफुलका विरुवा रोपी हरित शहर विकास गरिने भनिएको छ । त्यस्तै काष्ठ, गैरकाष्ठ र जडिबुटीमा आधारित वनजन्य उद्धमलाई रोजगारी र आर्थिक उपार्जनसंग आवद्ध गरिने छ र दिगो वन व्यवस्थापनको राष्ट्रिय मापदण्डको कार्यान्वयन गरिने उल्लेख छ । वृक्षारोपण र संरक्षण कार्यमा नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरी समेतलाई खटाइने छ भनिएता पनि विगतलाई हेर्दा कार्यान्वयन पक्ष शंकाको घेरामा देखिन्छ ।
हामीले वनको महत्वको बारेमा आम सर्वसाधरणलाई अझ बढी साक्षर बनाउन कतै चुकेका त छैनौँ ? वन भनेको उर्जाको स्रोत, कच्चा पदार्थको स्रोत, पशुआहारा र आश्रय स्थल, पहिरो र भूक्षय नियन्त्रण, पानीको स्रोत, पर्यटन प्रवर्द्धन, कृषिको मेरुदण्ड, सरकारी आम्दानीको स्रोत, निर्माण सामग्रीको स्रोत, विदेशी मुुद्राको स्रोत, वातावरणीय सन्तुुलनको आधार स्तम्भ हो भन्ने कुरा बुझ्ने र बुझाउने गरियो भने मात्र हरियो वन नेपालको धन भन्ने कुुरा चरितार्थ हुुनेछ । नेपालमा वन विनासको कारण धेरै छन जस्तै इन्धनको स्रोत, घरायसी आवश्यकता, वैकल्पिक रोजगारीमा प्रयोग, वसाईंसराई, तराईमा जनसंख्याको उच्च चाप, कच्चा पदार्थमा प्रयोग, गैरकानुनी व्यापार, राजनीतिक कारण, भोट बैंकको सिर्जन गर्न सुकुम्वासीलाई अवैज्ञानिक किसिमले जग्गा वितरण, घना जंगल पर्ने ठाउँमा महत्वकांक्षी विकास आयोजना जस्तै विमानस्थल बनाउने आदि, अशिक्षत जनता, कमजोर सरकारी नीति भएको हुुंदा यस्ता चुनौतिको सामना गर्ने र समाधान गर्ने नीति बनाउने राजनेताको खांचो टड्कारो छ ।
वन विनास भयो भने वातावरणीय क्षयबाट विरुवा, जनावर र मानव जीवनमा गम्भीर असर पर्दछ, भूक्षयबाट कृषिमा असर पर्दछ, उधोग, निर्माण, पर्यटनको विकास, मनोरन्जन स्थल, निर्यात र राजस्वमा समेत असर गर्दछ भन्ने कुरातर्फ आम मानिसलाई सचेत बनाउँदै एक घर एक रुखको अवधारणालाई नाराको रुपमा मात्र नभै कार्यान्वयन पक्षमा जोड दिन निकै ढिला भैसकेको छ । कमसेकम सबैजनाले घरको छतमा भए पनि फुल वा अन्य विरुवा रोप्ने कुुरामा कन्जुुस्याईं नगर्ने हो कि ! नयां घर बनाउँदा होस वा पुरानो घर नै किन नहोस स्थानको उपलव्धतालाई हेरेर एक घर एक विरुवाको सिद्धान्तलाई अवलम्वन नगर्ने व्यक्ति वा बासिन्दालाई अन्य सुुविधाबाट वञ्चित गर्ने र अवैध रुपमा विरुवा वा रुख नष्ट गर्ने वा संरक्षणमा ध्यान नदिने निकाय, व्यक्ति, समुदाय, संस्था आदिलाई कडा दण्ड र सजायको व्यवस्था गर्न सकेको खण्डमा आगामी ५ वर्षमा हाम्रो देशका हरेक शहर वनको रुपमा परिणत भई विश्वसामु नेपाल थप पर्यटकीय गन्तव्यको रुपमा परिचित भई देशको आर्थिक विकासमा समेत उल्लेखनीय योगदान गर्ने कुुरामा कसैको दुुइमत नहोला ।
(लेखकका निजी विचार हुन् ।)
प्रतिकृया दिनुहोस