रामेछाप सुनापतिका भण्डारी न्याय परिषद् सदस्यमा नियुक्त
- गाउँ सहर संवाददाता
- १० असार बिहीबार, २०७८ | १८:११:०० मा प्रकाशित

रामेछाप । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारीलाई न्याय परिषद् सदस्यमा नियुक्त गरेकी छन् ।
संविधानको धारा १५३ को उपधारा १ को खण्ड घ बमोजिम खनियापानी –९, रामेछापका भण्डारीलाई सो पदमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले विज्ञप्तिमार्फत् जानकारी दिएका छन् ।
न्याय परिषद सदस्य लक्ष्मीबहादुर निरालाको वैशाख २१ गते निधन भएको थियो । उनकै ठाउँमा प्रधानमन्त्री ओलीले भण्डारीलाई सिफारिस गरेका थिए । न्याय परिषदले न्यायाधीशको नियुक्ति, सरुवा, अनुशासनसम्बन्धी कारबाही, बर्खास्ती र न्याय प्रशासन सम्बन्धी अन्य विषयको सिफारिस गर्ने वा परामर्श दिने काम गर्छ ।
प्रधानन्यायाधीश अध्यक्ष रहने न्याय परिषदमा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश, कानुन न्याय तथा संसदीय मामिला मन्त्री, नेपाल बार एसोसिएशनको सिफारिसमा राष्ट्रपतिद्वारा नियुक्त कम्तीमा बीस वर्षको अनुभव प्राप्त वरिष्ठ अधिवक्ता वा अधिवक्ता सदस्य रहने व्यवस्था छ ।
त्यस्तै राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा नियुक्त गरेको एक जना कानूनविद् पनि न्याय परिषद सदस्य रहन्छन् । भण्डारी प्रधानमन्त्रीले सिफारिस गर्ने कानुनविदको हैसियतमा न्याय परिषद सदस्य बनेका हुन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
प्रतिकृया दिनुहोस