अर्थतन्त्र

बिहीबार सुनचाँदीको मूल्य यस्ताे छ

काठमाडाैं । बिहीबार नेपाली बजारमा सुनको भाउ प्रतितोला २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २०० रुपैयाँले घट्दै ९० हजार ५०० रुपैयाँ कायम भएको हो ।

बुधबार प्रतितोला ३०० रुपैयाँले घट्दै सुन ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज यता तेजाबी सुनको मूल्य समेत घटेर ९० हजार रुपैयाँमा झरेको छ । यता चाँदीको मूल्य भने गत बुधबारकै मूल्यमा कायम हुँदै एक हजार २९५ रुपैयाँमै कारोबार भएको महासंघले जनाएको छ । 

गाउँ सहर संवाददाता