सबै उमेर समूहलाई असर पार्ने कोरोना भाइरस डेल्टा भेरियन्टको परिवर्तित रुप नेपालमा फेला
- गाउँ सहर संवाददाता
- ७ असार सोमबार, २०७८ | १४:२४:०० मा प्रकाशित
काठमाडाैं । नेपालमा फैलिएको कोरोना भाइरस डेल्टा भेरियन्टको परिवर्तित रुप पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले देखिएका नयाँ प्रजातिका भाइरस बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरूलाई असर पार्ने देखिएकाले थप सचेतता अपनाउन आग्रह गरेको छ ।
गत वैशाख २७ देखि जेठ २० सम्म देशका विभिन्न ठाउँबाट विभिन्न उमेर समूहका व्यक्तिबाट संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट भारत पठाइएका नमूनामध्ये ४७ वटा नमूनामा डेल्टा भेरियन्टको बी.१.६१७.२ र एउटा नमूनामा अल्फा भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले आज जारी गरेको विज्ञप्तिमा डेल्टा भेरियन्ट पुष्टि भएका ४७ नमूनामध्ये ९ वटामा थप उत्परिवर्तन ए वाई. १ भनिने के१४१७एन म्युटेसन भेटिएको जनाइएको छ ।
हाल सम्म यो प्रजाती नेपालसहित संसारका १० भन्दा बढी राष्ट्रहरूमा पुष्टि भएको मन्त्रालयको भनाइ छ ।
हेर्नुहोस् विज्ञप्ति

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
प्रतिकृया दिनुहोस