गाउँ सहर
कान्छीमाया तामाङ फाउन्डेसनद्वारा मेलम्चीका बाढी पीडितलाई राहत वितरण
- गाउँ सहर संवाददाता
- ६ असार आइतबार, २०७८ | २१:४७:०० मा प्रकाशित
सिन्धुपाल्चाेक । मेलम्चीमा बाढीबाट पीडित परेकाहरुलाई कान्छीमाया तामाङ फाउन्डेसनको सहयोगमा कालीजंग गणका मेजर मानबहादुर शाहीको हातबाट राहतसहित स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।
बाढी पहिरोबाट समस्या झेलिरहेका हेलम्बु, चनौटे, तिम्बु, यांग्रीतिर नेपाल आर्मीको हेलिकप्टरले लगेर वितरण गरेको युवा समाजसेवी कल्याण ढुंगानाले बताए ।
राहत बितरणमा फाउण्डेशनका अध्यक्ष डा. दिलबहादुर थोकर तामाङ र धुलिखेल अस्पताल बाहुनेपाटी शाखाका प्रमुख डा. अमिर श्रेष्ठको सहभागिता रहेको थियो ।
राहत वितरणमा ५० बोरा चामल, ४ काटुन तेल, अक्सिजन कन्सेन्ट्रेटर १ थान लगायत ५० घरधुरीलाई पुग्ने गरी खाद्यान्न वितरण उक्त फाउन्डेसनका अध्यक्ष डा. तामाङले जानकारी दिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
प्रतिकृया दिनुहोस