आफूलाई वनका कर्मचारी तथा पत्रकार भन्दै ठगी गर्ने २ जना पक्राउ
- गाउँ सहर संवाददाता
- ६ असार आइतबार, २०७८ | २१:२३:०० मा प्रकाशित

मोरङ । आफूलाई वनका कर्मचारी तथा पत्रकार भन्दै ठगी गरेको अभियोगमा सुन्दरहरैँचा नगरपालिका-७ बस्ने ५६ वर्षीय पुष्प प्रसाद सिग्देल र सुनसरी इटहरी उपमहानगरपालिका-६ जुटबिकास बस्ने ५० वर्षीय दधिराम चौहानलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूले हामी बनको कर्मचारी र पत्रकार हौं कार्यालयमा तेलको आवश्यक छ सहयोग गर्नु अन्यथा तपाईहरूलाई काम गर्न अप्ठेरो हुनेछ भनी डर त्रास देखाई विभिन्न काठ मिलहरूमा रकम उठाइ ठगी गरेको पाइएपछि ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी उनीहरूलाई रतुवामाई नगरपालिका-१० स्थित माईवेनी मिलबाट पक्राउ गरेको हो । उनीहरूमध्ये दधिरामको साथबाट नगद २५ हजार ९ सय ९५ रूपैयाँ र पुष्प प्रसादको साथबाट नगद ७ हजार रूपैयाँ गरी जम्मा ३२ हजार ९ सय ९५ रूपैयाँ प्रहरीले बरामद गरेको छ ।
साथै उनीहरूको साथबाट सृष्टि साप्ताहिक तथा सन्देश दैनिक समाचारपत्र लेखिएको १ थान रसिद प्याड, उठाएको रकम अभिलेख भएको १ थान डायरी, १ थान कान्तिपुर पोष्टको बजार ब्यवस्थापक परिचयपत्र, १ थान जनमत साप्ताहिकको सम्वाददाता परिचयपत्र, १ थान बराह साप्ताहिकको सम्वाददाता परिचयपत्र समेत प्रहरीले बरामद गरेको छ ।
उनीहरू उपर ठगी कसूरमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
प्रतिकृया दिनुहोस