गाउँ सहर
पत्रकारलाई प्राथमिकता प्रदान गरि कोरोनाविरुद्धको खोप लगाउन सर्वोच्चको अन्तरिम आदेश
- गाउँ सहर संवाददाता
- ६ असार आइतबार, २०७८ | १८:०८:०० मा प्रकाशित
काठमाडौं : सर्वोच्च अदालतले पत्रकारहरुलाई प्राथमिकतामा राखेर खोप लगाउने व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश डाक्टर कुमार चुडालको एकल इजलासले अग्रपंक्तिमा रहेर समाचार संकलन गर्ने पत्रकारलाई पहिलो खोप लगाएकालाई दोस्रो खोप र खोप नपाएकालाई दुवै खोपको व्यवस्था गर्न आज अन्तरिम आदेश जारी गरेको हो।
निवेदकको तर्फबाट अधिवक्ता लीलानाथ घिमिरे र विष्णु कुमार गिरीले बहस गरेका थिए। पत्रकार तथा अधिवक्ता घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए। ने
पाल पत्रकार महासंघले यसअघि नै स्वास्थ्य तथा जनसंख्या मन्त्री र सञ्चार तथा सूचना प्रविधि मन्त्रीसँग भेटेर पत्रकारका लागि खोपको व्यवस्था गर्न माग गरेको थियो।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
प्रतिकृया दिनुहोस