गाउँ सहर

तामाकाेसी तटीय क्ष्रेत्रमा जाेखिम कायमै रहेकाे भन्दै सजगता अपनाउन प्रशासनकाे अनुराेध

फाइल : तस्बिर

काठमाडाैं । जिल्ला प्रशासन कार्यालय दाेलखाले तिब्बतको टिङ्ग्री काउन्टीको रोङ्सी खोलामा थुनिएको तामाकोशी अझै पूर्ण रुपमा खुलिनसकेकाे जनाएकाे छ ।

एक सूचना जारी गर्दै रोङ्सी खोला थुनिएर तालको रूप लिएपछि हिजो दिउँसोदेखि चिनियाँ टोलीले ताल खुलाउने प्रयास गरिरहेको बताएकाे छ । सीमित रुपमा पहिरो हटाएर थुनिएको नदी खुलाइएको तर अनुमानित एक लाख घनमिटर पानी जम्मा भएकाले बिस्तारै कम गर्ने प्रयास भइरहेको चिनियाँ पक्षले जानकारी गराएको छ ।

 

गाउँ सहर संवाददाता