स्वास्थ्य

पछिल्लाे समय काेराेनाबाट ब्राजिलमा सबैभन्दा बढीकाे मृत्यु, नेपाल र भारतमा मृतक र संक्रमण घट्याे

काठमाडाैँ । विश्वमा काेराेनाभाइरसकाे कारण ज्यान गुमाउने संख्या पछिल्लाे २४ घण्टामा ब्राजिलमा सबैभन्दा बढी देखिएकाे छ । त्यहाँ एकैदिन २ हजार २४७ काे ज्यान गएकाे छ । त्यसपछि रहेकाे भारतमा साेहि समयमा १ हजार २३९ मृत्यु रहेकाे छ । भारतमा भने याे संख्या धेरै घटेकाे हाे ।

पछिल्लाे समय विश्वमा काेराेना कहर केहि कम भएपनि अर्काे लहरकाे अनुमानसँगै सबैमा चिन्ता थपिदिएकाे छ । 

अहिलेसम्म विश्वमा काेराेना संक्रमणका कारण १७ कारेड ८९ लाख ३७ हजार १३७ प्रभावित भएका छन् । त्यसमध्ये १६ कराेड ३४ लाख ६४ हजार ५२४ ले राेग जितेका छन् । यसमा ३८ लाख ७४ हजार ८०८ जनाकाे मृत्यु भएकाे छ ।

वर्ल्डाेमिटर्स डट इन्फाेकाेराेनाभाइरसका अनुसार विरामीमध्ये ८२ हजार ९३४ काे अवस्था गम्भीर छ ।

अहिले विश्वमा भाइरसका सक्रिय संक्रमितकाे संख्या १ कराेड १५ लाख ९७ हजार ८०५ रहेकाे इन्फाेले जनाएकाे छ ।

नेपालमा पछिल्लाे समय ३४ जनाकाे मृत्यु भएकाे छ भने निकाे हुनेकाे संख्या संक्रमितभन्दा दाेब्बर नै छ ।

गाउँ सहर संवाददाता