युराेकप : बेल्जियम र नेदरल्यान्ड्स नकआउट चरणमा, आज तीन खेल
- गाउँ सहर संवाददाता
- ४ असार शुक्रबार, २०७८ | ०७:३४:०० मा प्रकाशित

काठमाडाैं । १६ औं संस्करणको युरोकप फुटबलमा बेल्जियमले उत्कृष्ट पुनरागमन गर्दै लगातार दोस्रो जित निकालेको छ । कोपनहेगनमा बिहीबार राति भएको खेलमा डेनमार्कलाई २-१ गोल अन्तरले पराजित गर्दै बेल्जियमले लगातार दोस्रो जित निकालेको हो ।
डेनमार्कमाथिको यस जितसँगै बेल्जियम अन्तिम १६ मा समेत प्रवेश गरेको छ । बेल्जियम नकआउट चरणमा पुग्ने दोस्रो टिम हो । पार्केन स्टेडियममा बेल्जियमलाई जित दिलाउन थोर्गन हाजार्ड र केभिन डे ब्रुएनाले एक एक गोल गरे ।डेनमार्कका युसुफ पाउलसेनले एक गोल फर्काए ।
जितसँगै समूह 'बी’ मा रहेको बेल्जियमले २ खेलमा ६ अंक जोडेको छ । बेल्जियम शीर्ष स्थानमा रहेको छ । डेनमार्कको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा डेनमार्क फिनल्याण्डसँग १–० ले पराजित भएको थियो ।
त्यसैगरि अर्काे खेलमा नेदरल्यान्ड्सले अष्ट्रियालाई २-० गोल अन्तरले पराजित गर्दै नेदरल्यान्ड्सले लगातार दोस्रो जित निकालेको हो । जोहन क्रुफ एरिनामा नेदरल्यान्ड्सलाई जित दिलाउन मेम्फिस डिपे र डेन्जल डम्फ्रिइजले एक एक गोल गरे । यस जितसँगै समूह 'सी’ मा रहेको नेदरल्यान्ड्स अन्तिम १६ मा प्रवेश गरेको छ । नेदरल्यान्ड्स नकआउट चरणमा पुग्ने तेस्रो टिम हो ।
नेदरल्यान्ड्सले २ खेलमा ६ अंक जोडेको छ । नेदरल्यान्ड्स समूहको शीर्ष स्थानमा रहेको छ । नेदरल्यान्ड्सले पहिलो खेलमा युक्रेनलाई ३–२ ले हराएको थियो । अष्ट्रियाको यो पहिलो हार हो। पहिलो खेलमा अष्ट्रियाले नर्थ म्यासेडोनियालाई ३–१ ले हराएको थियो ।
आज (शुक्रबार) तीन खेलहरु हुँदै
आज (शुक्रबार) तीन खेलहरु हुँदैछन् । युरोकपको समूह चरण अन्तर्गत आज हुने पहिलो खेलमा स्विडेन र स्लोभाकियाबीच प्रतिस्पर्धा हुनेछ । समूह 'ई' मा रहेको दुई टिमबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।
दोस्रो खेलमा क्रोएसिया र चेक रिपब्लिक भिड्ने छन् । दुई टिमबीचको खेल aराति ९:४५ बजे सुरु हुनेछ ।
आज हुने तेस्रो खेलमा इंग्ल्यान्ड र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । इंग्ल्यान्ड र स्कटल्याण्डबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस