अर्थतन्त्र

सुनको मूल्य आज तोलामा ११ सय रुपैयाँले सस्तो

काठमाडाैं । सुनको भाउ आज तोलामा १ हजार १ सय रुपैयाँले सस्तो भएको छ ।

हिजो तोलाको ९३ हजार १ सय रुपैयाँ तोकिएको सुनको मूल्य आज घटेर ९२ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

यस्तै चाँदीको मूल्य पनि आज २० रुपैयाँले घटेको छ । हिजो तोलाको १३ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १३ सय ४० रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।

गाउँ सहर संवाददाता