गाउँ सहर

सबै उद्यमी व्यवसायीलाई समान रुपले कारोबार र प्रतिस्पर्धा गर्ने मौका दिने

काठमाडौँ । पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले सरकारले सबै उद्यमी व्यवसायीलाई समान रुपले कारोबार र प्रतिस्पर्धा गर्ने मौका दिने बताएका छन् ।

शुक्रवार काठमाडौँमा आयोजित नेपाल उद्योग तथा व्यवसायी महासंघको तेस्रो महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले कुनै निश्चित उद्योगी व्यवसायीको पक्षमा नीति निर्माण नगर्ने बताए ।

उनले अर्थतन्त्रमा देखिएका कानूनी जटिलतालाई समाधान गर्न सरकार लागि परेको बताउल्लेख गर्दै उनले विगतमा अर्थतन्त्रमा देखिएका विभिन्न विकृतिका कारण समस्या उत्पन्न भएको बताउँदै सरकारले लिएको लक्ष्यमा पुग्न नसकिएको बताए । उनले सरकारले राज्यका कुनैपनि निकायमार्फत तर्साउने, धम्क्याउने वा असुली गर्ने काम नगर्ने भन्दै उद्योग व्यवसायीलाई आश्वस्त पारे ।

गाउँ सहर संवाददाता

तपाईँको मत