नेप्से सूचक नयाँ कीर्तिमान कायम गर्दै तीन हजार माथि, कसले कमाए ?
- गाउँ सहर संवाददाता
- ३१ जेठ सोमबार, २०७८ | १६:१९:०० मा प्रकाशित
काठमाडाैं । साेमबार नेप्से परिसूचक नयाँ कीर्तीमान कायम गर्दै तीन हजारभन्दा माथिकाे विन्दुमा पुगेकाे छ । यसदिन नेप्से सूचक १.४३ प्रतिशत अर्थात ४२.७२ अंकले बढेर ३०२५.८३ बिन्दुमा पुगेको हो । यस्तै सेन्सेटिभ परिसूचक १०.६० अंकले बढेर ५५०.०१ बिन्दुमा पुगेको छ ।्
यो दिन ३ करोड ५० लाख २७ हजार ३६३ कित्ता सेयर १८ अर्ब ८८ करोड ४० लाख ३१ हजार ५१८ रुपैयाँमा कारोबार भएको छ । यो दिन ११२ वटा कम्पनीको सेयर मूल्य बढ्दा ९९ वटा कम्पनीको सेयर मूल्यमा गिरावट देखिएको छ । साथै १० वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
यस दिन कारोबारमा आएका ११ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन नेपाल इन्स्योरेन्स, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, ङादी ग्रुप पावर, ओरियन्टल होटल, सिईडीबी हाइड्रोपावर, तारागाउँ रिजेन्सी होटल, यूनियन हाइड्रोपावर, एचआईडिसीएल र सोल्टी होटलको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
त्यसैगरी सबैभन्दा बढी गुमाउने कम्पनीहरुमा माउन्टेन हाइड्रो नेपाल, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर, गुडविल फाइनान्स र ग्रीन लाइफ हाइड्रोपावर कम्पनी छन् ।
कारोबार रकमका आधारमा यस दिन अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक ६२ करोड ५९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, अपि पावर र हिमालयन डिष्टिलरीको ५० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।
कोभिड १९ को दोस्रो लहरको तीव्र फैलावटका कारण जारी निषेधाज्ञाका कारण लगानीको अन्य क्षेत्र ठप्प हुँदा सबै लगानी शेयर बजारमा ओइरिएको छ । जसका कारण बजारमा दिनदिनै नयाँ नयाँ रेकर्ड कायमै हुँदै गर्दा शेयर बजारमा प्रवेश गर्ने नयाँ लगानीकर्ताहरु संख्यामा पनि उच्च वृद्धि भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस