काेभिडबिरूद्ध खाेप लगाउनेकाे शरीर के साँच्चिकै चुम्बकीय बन्छ ?
- गाउँ सहर संवाददाता
- ३१ जेठ सोमबार, २०७८ | ०९:४२:०० मा प्रकाशित

काठमाडौं । केही दिनदेखि कोभिड–१९ विरुद्धको खोप लगाएपछि शरीरमा चुम्बकीय शक्ति देखिएकाे भन्दै सामाजिक सञ्जालमा तस्बिर/ भिडियाेहरू सार्वजनिक भइरहेका छन् । के खाेप लगाएकाे ठाउँमा साँच्चिकै चुम्बकीय बन्छ त ?
खाेपका सम्बन्धमा विभिन्न किसिमका टिकाटिप्णी भइरहेका छन् । भारतमा एक व्यक्तिले काेराेना भ्याक्सिनका कारण आफ्नाे शरीरमा स्टिलका सामग्री टाँसिन थालेकाे बताएका छन् ।
भारत नासिकका अरविन्द सोनारका अनुसार भ्याक्सिनको दुई डोज लगाएपछि उनको शरीरले चुम्बक झैं काम गरिरहेको छ । तर विज्ञहरुले भने भ्याक्सिनका कारण यस्तो भएकाे हाेइन ।
कोभिड–१९ विरुद्धको खोप सुरक्षित र प्रभावकारी रहेको र यसले मानव स्वास्थ्यमा कुनै प्रतिकूल असर नगर्ने राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको केन्द्रले खोपका विषयमा फैलिएका अनेक अफवाहमा विश्वास नगर्न आग्रह गरेको हो । कोभिड–१९ विरुद्धको खोपमा कुनै प्रकारको धातु वा माइक्रोचिपहरू नहुने केन्द्रले जनाएको छ ।
“कोभिड–१९ को खोपहरूमा कुनै प्रकारको धातु वा माइक्रोचिपहरू हुँदैन । त्यसैले यस्ता अफवाहको विश्वास नगरौँ । कोमिड–१९ को खोप सुरक्षित र प्रभावकारी छ र यसले हाम्रो स्वास्थ्यमा कुनै प्रतिकूल असर गर्दैन,” केन्द्रद्वारा जारी सन्देशमा भनिएको छ ।
कोभिड भ्याक्सिन र शरीरमा स्टिल र फलामका सामान टाँस्सिनुमा कुनै सम्बन्ध नरहेकाे यसलाई भ्याक्सिनसँग जोडेर हेरिनु हुँदैन र भ्याक्सिनमा त्यस्तो कुनै पनि चिज नहुने विज्ञहरूकाे भनाइ छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस