काेभिडबिरूद्ध खाेप लगाउनेकाे शरीर के साँच्चिकै चुम्बकीय बन्छ ?
- गाउँ सहर संवाददाता
- ३१ जेठ सोमबार, २०७८ | ०९:४२:०० मा प्रकाशित
काठमाडौं । केही दिनदेखि कोभिड–१९ विरुद्धको खोप लगाएपछि शरीरमा चुम्बकीय शक्ति देखिएकाे भन्दै सामाजिक सञ्जालमा तस्बिर/ भिडियाेहरू सार्वजनिक भइरहेका छन् । के खाेप लगाएकाे ठाउँमा साँच्चिकै चुम्बकीय बन्छ त ?
खाेपका सम्बन्धमा विभिन्न किसिमका टिकाटिप्णी भइरहेका छन् । भारतमा एक व्यक्तिले काेराेना भ्याक्सिनका कारण आफ्नाे शरीरमा स्टिलका सामग्री टाँसिन थालेकाे बताएका छन् ।
भारत नासिकका अरविन्द सोनारका अनुसार भ्याक्सिनको दुई डोज लगाएपछि उनको शरीरले चुम्बक झैं काम गरिरहेको छ । तर विज्ञहरुले भने भ्याक्सिनका कारण यस्तो भएकाे हाेइन ।
कोभिड–१९ विरुद्धको खोप सुरक्षित र प्रभावकारी रहेको र यसले मानव स्वास्थ्यमा कुनै प्रतिकूल असर नगर्ने राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको केन्द्रले खोपका विषयमा फैलिएका अनेक अफवाहमा विश्वास नगर्न आग्रह गरेको हो । कोभिड–१९ विरुद्धको खोपमा कुनै प्रकारको धातु वा माइक्रोचिपहरू नहुने केन्द्रले जनाएको छ ।
“कोभिड–१९ को खोपहरूमा कुनै प्रकारको धातु वा माइक्रोचिपहरू हुँदैन । त्यसैले यस्ता अफवाहको विश्वास नगरौँ । कोमिड–१९ को खोप सुरक्षित र प्रभावकारी छ र यसले हाम्रो स्वास्थ्यमा कुनै प्रतिकूल असर गर्दैन,” केन्द्रद्वारा जारी सन्देशमा भनिएको छ ।
कोभिड भ्याक्सिन र शरीरमा स्टिल र फलामका सामान टाँस्सिनुमा कुनै सम्बन्ध नरहेकाे यसलाई भ्याक्सिनसँग जोडेर हेरिनु हुँदैन र भ्याक्सिनमा त्यस्तो कुनै पनि चिज नहुने विज्ञहरूकाे भनाइ छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
प्रतिकृया दिनुहोस