गण्डकीको बजेटमा खोपलाई पहिलो प्राथमिकतामा राख्न माग
- गाउँ सहर संवाददाता
- ३० जेठ आइतबार, २०७८ | २०:४१:०० मा प्रकाशित

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीसँग बजेटमा खोपलाई पहिलो प्राथमिकतामा राख्न नेपाली काँग्रेस कास्कीका पदाधिकारी र क्षेत्रीय सभापतिले माग गरेका छन् ।
आइतबार कास्की काँग्रेसका सभापति कृष्ण केसी नेतृत्वको टोलीले मुख्यमन्त्रीलाई बधाई ज्ञापन गरी केही सुझाव समेत दिएको प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।
कास्की काँग्रेसका सभापति केसीले कोरोना महामारीका कारण जनता समस्यामा रहेकाले जनताका लागि अत्यावश्यक कार्यक्रमलाई आगामी बजेटमा प्राथमिकता दिन आग्रह गरे ।
यतिबेला कोभिड विरुद्वको खोप पहिलो प्राथमिकता हो, उनले भने– गण्डकी प्रदेशका नागरिकलाई खोप दिन सक्ने गरी बजेट व्यवस्था गर्न आवश्यक छ ।’
सभापति केसीले कोरोनाबाट प्रभावित व्यवसायी, शिक्षक, मजुदर लगायतका क्षेत्रलाई राहत हुने गरी कार्यक्रम ल्याउन पनि अनुरोध गरेका थिए ।
सभापति केसीसहित उपसभापति आइ बहादुर गुरुङ, सचिव देवेन्द्र रानाभाट, कोषाध्यक्ष लक्ष्मी पाण्डे, सहसचिव रङ्गिला आचार्य, प्रवक्ता नवीन सिग्देल, क्षेत्र नं २ का सभापति माधव बास्तोला ‘मधु’ र क्षेत्र नं ३ का सभापति पोषनाथ शर्माको टोली पुगेर मुख्यमन्त्रीलाई बधाई ज्ञापन गर्दै आफ्ना माग राखेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
- कारागारबाट भागेका ९० कैदीबन्दी पक्राउ
- सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति
- सुरक्षा परिस्थितिको आधार देखाउँदै नेपाली सेनाले उपत्यकामा कर्फ्यू समय थप्याे
प्रतिकृया दिनुहोस