दुई नयाँ रेकर्ड बनाउँदै सेयर बजार माथि उक्लियाे, गुमाउनेभन्दा कमाउने धेरै
- गाउँ सहर संवाददाता
- ३० जेठ आइतबार, २०७८ | १५:४७:०० मा प्रकाशित
काठमाडाैं । साताको पहिलो कारोबार दिन नेपाली धितोपत्र बजारमा नेप्से सूचक र कारोबार रकम दुबैले पुनः नयाँ रेकर्ड बनाएको छ ।
आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ऐतिहासिक २९८३.११ विन्दुमा पुग्दा कारोबार पनि हालसम्मकै बढी १९ अर्ब नाघेको छ ।
३ करोड ७० लाख ७६ हजार ४३९ कित्ता सेयर १९ अर्ब ५५ करोड १ लाख ६६ हजार ६३६ रुपैयाँमा कारोबार भएको छ ।
यसअघि जेठ २५ गते मंगलबार नेप्से परिसूचक २९६०.१४ विन्दुमा पुगेको थियो । यसैगरी जेठ २३ गते आइतबार १७ अर्ब २७ करोड १७ लाखको कारोबार भएको थियो। आज यी दुवै रेकर्ड 'ब्रेक' भएका छन् ।
यो दिनको कारोबारमा १२७ वटा कम्पनीको सेयर मूल्य बढ्दा ८८ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ५ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
उपसमूहतर्फ विकास बैंक ८.२४ प्रतिशत, फाइनान्स ७.१४ प्रतिशत, जलविद्युत् ६.१० प्रतिशत, होटल एन्ड टुरिजम इन्डेक्स ४.७३ प्रतिशत र लगानी समूह २.३८ प्रतिशतले इन्डेक्स बढेको छ ।
यसदिन श्री इन्भेष्टमेन्ट कम्पनी, समृद्धि फाइनान्स कम्पनी, आइसीएफसी फाइनानस, कर्णाली डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको सेयर मूल्यमा १० प्रतिशतको सकारातमक सर्किट लागेको छ । त्यसैगरी रिलायन्स फाइनान्स, मितेरी डेभलपमेन्ट बैंक, हिमालयन पावर पार्टनर, पञ्चकन्या माइ हाइड्रोपावर लगायतका कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।
नेपाल इन्स्योरेन्स, युनाइटेड इदी मार्दी आरबी हाइड्रोपावर, साधना लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक र समिट लभुवित्तको सेयर मूल्यमा भने गिरावट देखिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस