दुई नयाँ रेकर्ड बनाउँदै सेयर बजार माथि उक्लियाे, गुमाउनेभन्दा कमाउने धेरै
- गाउँ सहर संवाददाता
- ३० जेठ आइतबार, २०७८ | १५:४७:०० मा प्रकाशित

काठमाडाैं । साताको पहिलो कारोबार दिन नेपाली धितोपत्र बजारमा नेप्से सूचक र कारोबार रकम दुबैले पुनः नयाँ रेकर्ड बनाएको छ ।
आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ऐतिहासिक २९८३.११ विन्दुमा पुग्दा कारोबार पनि हालसम्मकै बढी १९ अर्ब नाघेको छ ।
३ करोड ७० लाख ७६ हजार ४३९ कित्ता सेयर १९ अर्ब ५५ करोड १ लाख ६६ हजार ६३६ रुपैयाँमा कारोबार भएको छ ।
यसअघि जेठ २५ गते मंगलबार नेप्से परिसूचक २९६०.१४ विन्दुमा पुगेको थियो । यसैगरी जेठ २३ गते आइतबार १७ अर्ब २७ करोड १७ लाखको कारोबार भएको थियो। आज यी दुवै रेकर्ड 'ब्रेक' भएका छन् ।
यो दिनको कारोबारमा १२७ वटा कम्पनीको सेयर मूल्य बढ्दा ८८ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ५ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
उपसमूहतर्फ विकास बैंक ८.२४ प्रतिशत, फाइनान्स ७.१४ प्रतिशत, जलविद्युत् ६.१० प्रतिशत, होटल एन्ड टुरिजम इन्डेक्स ४.७३ प्रतिशत र लगानी समूह २.३८ प्रतिशतले इन्डेक्स बढेको छ ।
यसदिन श्री इन्भेष्टमेन्ट कम्पनी, समृद्धि फाइनान्स कम्पनी, आइसीएफसी फाइनानस, कर्णाली डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको सेयर मूल्यमा १० प्रतिशतको सकारातमक सर्किट लागेको छ । त्यसैगरी रिलायन्स फाइनान्स, मितेरी डेभलपमेन्ट बैंक, हिमालयन पावर पार्टनर, पञ्चकन्या माइ हाइड्रोपावर लगायतका कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।
नेपाल इन्स्योरेन्स, युनाइटेड इदी मार्दी आरबी हाइड्रोपावर, साधना लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक र समिट लभुवित्तको सेयर मूल्यमा भने गिरावट देखिएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस