गण्डकी प्रदेशमा नयाँ सरकार गठन गर्न आह्वान
- गाउँ सहर संवाददाता
- २८ जेठ शुक्रबार, २०७८ | १६:१८:०० मा प्रकाशित
पाेखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख सीताकुमारी पौडेलले नयाँ सरकार गठन गर्न आह्वान गरेकी छन् ।
शुक्रबार दिउँसो प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेश सभा सदस्यलाई सरकार गठन गर्न आह्वान गरेकी हुन् ।
यसका लागि शनिबार दिउँसो ३ बजेसम्मको समयसिमा तोकिएको प्रवक्त चण्डीप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम जेठ २९ मा माननीय प्रदेश प्रमुखज्यूबाट मुख्यमन्धीको पदमा नियुक्त हुनुभएका माननीय पृथ्वीसुब्ब गुरुङले संविधानको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न नसकेको भनी प्रदेश सभाको जेठ २८ गतेको पत्रबाट जानकारी हुन आएकोले संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री नियुक्ति गर्ने प्रयोजनको लागि जेठ २९ गते दिउँसो ३ बजेसम्म प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिमको प्रदेश सभाका सदस्यहरुलाई आह्वान गर्नुभएको छ,’ विज्ञप्तिमा लेखिएको छ ।
त्यस्तै अर्को प्रदेश मन्त्रिपरिषद् गठन नभएसम्म मौजु्दा मन्त्रिपरिषद्ले कार्य गर्ने गरी संविधानको धारा १६९ को उपधारा (३) बमोजिम तोक्नुभएको व्यहोरा सम्बन्धित सबैमा यसै विज्ञप्तिमार्फत जानकारी गराइएको समेत विज्ञप्तिमा लेखिएको छ ।
प्रदेश सभामा हिजो मुख्यमन्त्रीले पेस गरेको विश्वासको प्रस्तावका पक्षमा २७ मत र विपक्षमा ३० मत परेको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
प्रतिकृया दिनुहोस