विश्वकप छनोट : आज अस्ट्रेलियासँग सामना गर्दै नेपाल
- गाउँ सहर संवाददाता
- २८ जेठ शुक्रबार, २०७८ | ०८:२३:०० मा प्रकाशित
काठमाडौं । फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपालले आज (शुक्रबार) अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ ।
खेल कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा राति पौने १० बजे हुनेछ ।
नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अस्ट्रेलियासँगकाे खेलमा राम्रो प्रदर्शन गर्ने बताएका छन् । साथै उनले अस्ट्रेलियासँगकाे खेलमा बाँकी युवा खेलाडीले पनि माैका पाउन सक्ने बताएका छन् ।
एसियन कप २०१५ को च्याम्पियन हो अस्ट्रेलिया । टोलीले विश्वकपको पछिल्ला चारै संस्करण खेलेको छ । अहिलेको छनोटमा शतप्रतिशत जितसहित अस्ट्रेलिया समूह ‘बी’ को शीर्षस्थानमा छ । त्यसैले फिफा वरीयतामा १३० स्थानमाथिको टिमविरुद्ध प्रतिस्पर्धा गर्दा नेपालले धेरै आशा गर्ने ठाउँ छैन । प्रशिक्षक अब्दुल्लाहले आक्रामक खेल्ने रणनीति प्रयोग गरिरहेका छन् । उनी ठूला टिमविरुद्ध डराएर रक्षात्मक खेल्ने नेपालको परम्परा भत्काउन चाहन्छन् ।
नेपालले विश्व कप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाइसकेको छ । तर नेपाल प्ले अफको माध्यमबाट एसियन कप छनोटको तेस्रो चरण पुग्ने सम्भावना भने बाँकी रहेको छ । पाँच पटक विश्व कप खेलिसकेको अस्ट्रेलिया भने नेपाललाई हराएर विश्व कपको तेस्रो चरणको छनोटमा पुग्न चाहन्छ ।
समूह 'बी' मा रहेकाे अस्ट्रेलिया १८ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ । अस्ट्रेलिया अपराजित रहने समूहको एक्लो टिम हो । नेपाल भने चौथो स्थानमा रहेको छ । नेपालले मात्र ६ अङ्क जोडेको छ ।
यसअघि नेपालले चाइनिज ताईपेलाई दुई–शून्य गोल अन्तरले हराएको थियो भने जोर्डनसँग तीन–शून्य अन्तरले पराजित भएको थियो ।
प्रशिक्षक अब्दुल्लाहले अस्ट्रेलियाविरुद्ध युवा खेलाडीलाई डेब्यूको असर दिनसक्ने पनि बताए । यो टिमका २३ सदस्यमध्ये गोलकिपरद्वय दीप कार्की र विशाल सुनार, मिडफिल्डरहरू आयुष घलान, सुरजज्यू ठकुरी र कमल थापाले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गर्न पाएका छैनन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
प्रतिकृया दिनुहोस