सभामुख सापकाेटाले प्रधानमन्त्री ओलीसहित दलका नेताहरूसँग सामुहिक छलफल गर्दै
- गाउँ सहर संवाददाता
- २८ जेठ शुक्रबार, २०७८ | ०८:०९:०० मा प्रकाशित
काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख र पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गर्दै छन् । दिउँसो २ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीसहित अरू दलका नेताहरूसँग छलफल गर्न लागेका हुन् ।
सभामुख सापकोटाका सञ्चार विज्ञ श्रीधर न्यौपानेका अनुसार प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्रीहरू, संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताहरूलाई बैठकमा बोलाइएको छ ।
सभामुख सापकोटाले प्रधानमन्त्री ओलीसहित सबैलाई लिखित निमन्त्रणा पठाउएको न्यौपानेले जनाएएका छन् । प्रतिनिधि सभा दोस्रो पटक विघटनको घोषणा भएपछि सभामुख सापकोटाले पहिलो पटक प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्री र सबै दलका प्रमुखहरूलाई छलफलका लागि बोलाएका हुन् ।
प्रतिनिधि सभा विघटन भएको अवस्थामा सभामुखका केही विशेषाधिकार प्रयोग हुन सक्ने अनुमान भइरहेका बेला उनले पूर्व सभामुखहरूसँग छलफल गर्नुलाई महत्त्वका साथ हेरिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
प्रतिकृया दिनुहोस